सहमति भए नेतृत्वको दाबी गर्दिन : नेता पौडेल « Khabarhub

सहमति भए नेतृत्वको दाबी गर्दिन : नेता पौडेल


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताए ।

पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउँदै उनले नै महाधिवेशन गर्नु पर्नेमा जोड दिए । पौडेलले भने “म नहुँदा पनि एकता हुन सक्छ । जसमा एकता हुन्छ छलफलबाट त्यसैलाई नेतृत्व दिनुपर्छ ।” पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरसँग छलफल भइरहेको जानकारी दिए ।

पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले यस विषयमा पार्टीभित्र छलफल भइरहेको बताए ।

कांग्रेसलाई बलियो बनाउन तलैबाट सङ्गठन मजबुत बनाएर लैजानुपर्ने पौडेलको भनाइ थियो ।

सरकारप्रति आक्रोश पोख्दै पौडेलले अहिलेको नेतृत्वको जनताले विकल्प खोजेको बताए । उनले भने “त्यो विकल्प कम्युनिष्टबाट हुन सक्दैन अब कांग्रेस तयार हुनुपर्छ ।” जनताको अगाडि भरोसाका रुपमा कांग्रेसलाई अगाडि बढाउनुपर्ने भन्दै उनले गणितले केही पनि नगर्ने बताए ।

उनले भने“नेपाली कांग्रेसको जनाधार र भूमिका महत्वपूर्ण भएकाले अङ्क गणितले असर पार्दैन ।” सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई बेवास्था गरेको आरोप लगाए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १२ : २७ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६