‘कमेडी च्याम्पिएन’ हुने, जित्नेले पाउनेछन् ५० लाख « Khabarhub

‘कमेडी च्याम्पिएन’ हुने, जित्नेले पाउनेछन् ५० लाख


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  आउँदो भदौमा स्ट्यान्डप कमेडी (हास्य प्रधान) प्रतियोगिता ‘कमेडी च्याम्पिएन’ हुने भएको छ । मुलुकभरबाट प्रतिस्पर्धी उतार्ने गरी प्रतियोगिताको आयोजना गर्न लागिएको हो । बिहीवार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमका बारेमा जानकारी दिइयो ।

कार्यक्रमका निर्देशक विशाल भण्डारीका अनुसार प्रतियोगितामा वरिष्ठ हास्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायकका रुपमा रहनेछन् । कमेडी विधालाई प्रतियोगिताका रुपमा प्रस्तुत गर्न लागिएको प्रतियोगितामा भाग लिन चाहनेले ‘कमेडी च्याम्पियन’को एप्स डाउनलोड गरी ३ मिनेटको भिडियो पठाउनुपर्ने आयोजकले जनाएको छ ।

आयोजकले ती भिडियोलाई हेरेर उत्कृष्ट चयन गरेकालाई अडिसनमा लिइनेछ । विभिन्न शहरमा अडिसन गराइनेछ । यसरी
अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि कार्यक्रम निर्देशक, आयोजक भण्डारीले जानकारी दिए ।

उत्कृष्ट तीनबाट दर्शकको भोट  र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने जनाइएको छ । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबरको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

कार्यक्रमको होस्ट रीमा विश्वकर्माले गर्नेछिन् । यसअघि उनी रियालिटी शो नेपाल आइडलमा पनि देखिएकी थिइन् । यो शोमा अभिनेत्री केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया रहने छन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : १७ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष