मिर्गौलामा हुने समस्याबारे थाहा पाउनुपर्ने सात महत्त्वपूर्ण कुरा | Khabarhub Khabarhub

मिर्गौलामा हुने समस्याबारे थाहा पाउनुपर्ने सात महत्त्वपूर्ण कुरा


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्। तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छन्।

मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो। मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछन्। शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा व्यवस्थापन गर्छन्।

हड्डीलाई स्वस्थ राख्ने हर्मोनहरू पनि मिर्गौलामै बन्छन्। तर रक्तचाप बढ्दा मिर्गौलाका रक्तनलीमा दबाव पर्न गई यी काम राम्ररी हुन पाउँदैनन्।

मिर्गौलामा कसरी समस्या देखिन थाल्छ

मिर्गौलामा प्राय: मधुमेह र उच्च रक्तचापका कारण समस्या देखिन्छ। चालीस वर्ष कटेपछि यस्तो समस्या बढी देखिएको छ।

केही मानिसमा वंशाणुगत कारणले मधुमेह हुन्छ। तिनले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ।

तौल धेरै हुँदा यसको जोखिम उच्च हुनेगर्छ। सामान्य रूपमा भन्दा त धेरै गुलियो र चिल्लो भएको खानेकुरामा नियन्त्रण राख्नु नै यसबाट बच्ने तरिका हो। एकैखाले आहार नभई शरीरलाई चाहिने सबैखाले तत्त्वहरु समेटिने सन्तुलित भोजन गर्नुपर्छ।

मिर्गौलाको समस्या सबै उमेर समूहका व्यक्तिमा हुन सक्छ। तर त्यसको कारण फरक हुनसक्छ। बालबालिकालाई पिसावनलीमा अवरोध सिर्जना भएर, विभिन्न खाले सङ्क्रमण बल्झिएर, घाँटी खराब भई बारम्बार टन्सिलको समस्या भएर मिर्गौलाको समस्या देखिएको पाइन्छ।

पिसाबमा अत्यधिक प्रोटिन चुहिने समस्या देखियो भने पनि यस्तो जोखिम बढ्छ। महिलाहरूमा पाइअलोनिफ्राइटिस भनिने मिर्गौला सुन्निने समस्याले पछिसम्म नराम्रो असर पारेको पाइएको छ।

अध्ययनहरूका अनुसार शरीरको प्रतिरक्षा प्रणालीसँग सम्बन्धित यो रोग मङ्गोल वर्ण भएका र थारू समुदायका महिलामा केही बढी देखिएको छ। तर अन्य महिलामा पनि यस्तो समस्या देखिने गरेको छ।

समस्या भए यस्ता सङ्केत

केही लक्षणहरूले समस्या भएको सङ्केत गर्छन्। जस्तै, पिसाबमा फिँज आइरहनु वा पिसाब धमिलो हुनु वा गाढा रातो रङ्गको आइरहनु।
छिनछिनमा पिसाब लाग्ने, पिसाब फेर्न राति उठिरहनुपर्ने, पिसाब फेरिसक्दा समेत निख्रेजस्तो नलाग्ने भएमा सतर्क हुनुपर्छ।

कहिलेकाहीँ धेरै कोखा दुख्नु, बिहान उठ्दा आँखाको डिल सुन्निनु, दिउँसै खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु पनि मिर्गौलामा गडबडी भइरहेको सङ्केत हो।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : ४९ बजे

कुमारी ईक्वीटी फण्डले साढे ११ प्रतिशत लाभांश दिने 

काठमाडौं– कुमारी ईक्वीटी फण्डले इकाईधनिलाई लाभांश दिने भएको छ ।

कारागार सुधारका लागि संसदीय अध्ययन समिति गठन गरौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले देशभरका कारागारमा देखिँदै आएका

एमसीसी परियोजना : १५.४५ करोड डलरका दुई विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गर्दै अघि बढ्यो

काठमाडौं- अमेरिकाद्वारा वैदेशिक सहायता समीक्षापछि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल

एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन मातहतका अस्पताल र निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरू र

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

काठमाडौं – प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार