हरेक कम्पनीका ब्लेडको डिजाइन एउटै राख्ने चलन कसरी शुरु भयो ? « Khabarhub

हरेक कम्पनीका ब्लेडको डिजाइन एउटै राख्ने चलन कसरी शुरु भयो ?


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बजारमा दारी काट्न वा कपाल काट्नको लागि विभिन्न कम्पनीका ब्लेडहरु पाइन्छन् । तर, सबै कम्पनीको ब्लेडको बीचमा एउटै किसिमको डिजाइन बनेको हुन्छ । आखिर किन बनाउछन् त सबै कम्पनीले एउटै किसिमको डिजाइन ?

१९०१ मा जिलेट कम्पनीक संस्थापक, किङ्ग क्याम्प जिलेटले आफ्ना सहयोगी विलयम निकर्सनसँग मिलेर ब्लेडको डिजाइन गरेका थिए र त्यही सालबाट ब्लेडको औपचारिक उत्पादन शुरु गरियो ।

शुरुमा जिलेट मात्र यस्तो कम्पनी थियो जसले ब्लेड र ब्लेड राख्ने रेजरको निर्माण गरेको थियो । त्यो समयमा नटबोल्टको मद्दतले रेजरमा ब्लेडलाई फिट गरिन्थ्यो । त्यो समयमा नै ब्लेडमा यस्तो किसिसमको डिजाइन बनाइएको थियो । बिस्तारै जिलेट कम्पनीको कारोबार बढ्दै गयो । त्यसपछि अरु कम्पनीहरु पनि आउन थाल्यो । तर अरु कम्पनीहरुले नयाँ डिजाइन नबाई पुरानै डिजाइनलाई अनुसरण गर्न थाले ।

त्यो समयमा जिलेटमात्र एउटा यस्तो कम्पनी थियो जसले रेजर पनि बनाउँथ्यो । अरुले नयाँ डिजाइनको ब्लेड बनाए पनि त्यो ब्लेड रेजरमा फिट नहुने भएपछि किङ्ग क्याम्पको बनाएको उक्त डिजाइन नै अहिलेसम्म अनुसरण गर्दै आइएको छ । त्यसकारण आज पनि हरेक ब्लेडको डिजाइन एकै किसिमको हुन्छ ।

किङ्ग क्याम्पलाई ब्लेड बनाउने आइडिया कहाँबाट आयो भन्ने पनि महत्वपूर्ण हुनसक्छ । १८९० मा किङ्ग क्याम्प एउटा बिर्को बनाउने कम्पनीमा काम गर्थे । बोत्तलको प्रयोग गरिसकेपछि बिर्को फ्याँकेको देखेपछि उनलाई एकदमै दुख लाग्यो । त्यसपछि उनले त्यसलाई संकलन गरेर ब्लेड बनाउतर्फ लागे ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ६ : ०७ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास