‘समावेशी भनेको स्त्रीलिङ्ग र पुलिङ्ग होइन’ « Khabarhub

‘समावेशी भनेको स्त्रीलिङ्ग र पुलिङ्ग होइन’


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले सामाजिक न्यायका लागि महिला र पुरुषबीचको विभेद् अन्त्य जरुरी रहेको बताएकाछन्।

जोन्टा क्लब पोखराको पदस्थापना कार्यक्रममा कुँवरले राज्यले लिएको नीतिलाई कार्यान्वयन गर्नेहरुको विभेदी मानसिकताले महिला र पुरुषबीचको खाडल पुरिन नसकेको बताए । उनले राज्यले सकारात्मक विभेद्को नीति लिएर महिला अधिकारलाई स्थापित गर्न खोजे पनि निर्णायक तहमा बस्नेले समावेशीताको भावनालाई बुझ्न नसकेको गुनासो गरे।

‘समावेशी भनेको स्त्रीलिङ्ग र पुलिङ्ग होइन, अहिले यसरी मात्रै हेरिएको छ यसले महिला सशक्तीकरण हुँदैन’, उनले भने, ‘संविधानले दिएको अधिकारसमेत महिलाले पाउनसकेका छैनन्, महिला पुरुष भनेर विभाजित मानसिकताले विभेद्को अन्त्य हुनसकेको छैन ।’

पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न क्षेत्रका व्यावसायिक महिलाको संस्था जोन्टाले एक शताब्दी पार गर्नु ऐतिहासिक भएको भन्दै अब जोन्टाको उद्देश्यअनुरुप क्षेत्र विस्तार गरेर महिला सशक्तीकरणको नमूना देखाउनुपर्ने बताए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : ३५ बजे

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

भन्सार छलीका पानजन्य सामग्री बरामद

झापा – झापा प्रहरीले भन्सार छली गरी ल्याइएका रु ५२

फिर्केखोलाका अनाधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवले दिए पत्रकारलाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं – जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले