छुरा हानेर फरार भएका ४ जना पक्राउ | Khabarhub Khabarhub

छुरा हानेर फरार भएका ४ जना पक्राउ


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले असार १६ गते काठमाडौँ महानगरपालिका–७ पशुपति मित्र माध्यामिक विद्यालय चावहिलमा दुई जनालाई घाइते बनाएर फरार रहेका उदयपुरका असिम लामा र सरोज श्रेष्ठ तथा कास्कीका निश्चल आलेमगर र भारत दार्जिलिङका सरोज राईलाई आज पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार ओखलढुङ्गाका विजय बानियाँ र काठमाडौँका सुदीप घिमिरेलाई घाइते बनाएर चारैजना फरार भएका थिए ।

घाइते दुवैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । लागुऔषध सेवन गरी उनीहरुले एकापसमा झगडा गरेको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता बोगटीले बताए।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : ४३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका