मुख्यसचिव र प्रधान सेनापतिको नयाँ तलब ६९,४८२ रुपैयाँ, हेर्नोस् कस्को तलब कति ? (तालिका सहित) « Khabarhub

मुख्यसचिव र प्रधान सेनापतिको नयाँ तलब ६९,४८२ रुपैयाँ, हेर्नोस् कस्को तलब कति ? (तालिका सहित)


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बजेटमार्फत बृद्धि गरेको तलब यही साउन १ गतेदेखि लागू भएको छ । यस सम्बन्धी सूचना अर्थमन्त्रालयले आइतबार सवै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई परिपत्र गर्दै नयाँ तलब स्केलको सूची पठाएको छ ।

नयाँ सूची अनुसार निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाको माथिल्लो पद प्रधानसेनापतिको तलब बराबर रहेको छ । नयाँ तलब अनुसार उनीहरुको मासिक तलब ६९ हजार ४ सय ८२ छ ।

प्रहरी महानीरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र सचिवको तलब ६४ हजार ७ सय २६ छ । त्यस्तै विमान सम्भार समूहका सहायक रथीको नयाँ तलबमान ६९ हजार ४ सय पन्ध्र कायम गरिएको छ ।

अर्थ मन्त्रालयले मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरेको हो । राष्ट्रसेवक कर्मचारीको तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरे अनुसार मन्त्रालयले आइतबार नयाँ तलबमान सार्वजनिक गरेको हो ।

तलबमान अनुसार प्रथम तहको माध्यमिक शिक्षकले मासिक ५६ हजार ८ सय ५४ पाउने छन् । कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ सय ७८ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : ४८ बजे

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा