मुख्यसचिव र प्रधान सेनापतिको नयाँ तलब ६९,४८२ रुपैयाँ, हेर्नोस् कस्को तलब कति ? (तालिका सहित) | Khabarhub Khabarhub

मुख्यसचिव र प्रधान सेनापतिको नयाँ तलब ६९,४८२ रुपैयाँ, हेर्नोस् कस्को तलब कति ? (तालिका सहित)


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बजेटमार्फत बृद्धि गरेको तलब यही साउन १ गतेदेखि लागू भएको छ । यस सम्बन्धी सूचना अर्थमन्त्रालयले आइतबार सवै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई परिपत्र गर्दै नयाँ तलब स्केलको सूची पठाएको छ ।

नयाँ सूची अनुसार निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिव र नेपाली सेनाको माथिल्लो पद प्रधानसेनापतिको तलब बराबर रहेको छ । नयाँ तलब अनुसार उनीहरुको मासिक तलब ६९ हजार ४ सय ८२ छ ।

प्रहरी महानीरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र सचिवको तलब ६४ हजार ७ सय २६ छ । त्यस्तै विमान सम्भार समूहका सहायक रथीको नयाँ तलबमान ६९ हजार ४ सय पन्ध्र कायम गरिएको छ ।

अर्थ मन्त्रालयले मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरेको हो । राष्ट्रसेवक कर्मचारीको तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरे अनुसार मन्त्रालयले आइतबार नयाँ तलबमान सार्वजनिक गरेको हो ।

तलबमान अनुसार प्रथम तहको माध्यमिक शिक्षकले मासिक ५६ हजार ८ सय ५४ पाउने छन् । कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ सय ७८ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : ४८ बजे

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

सामूहिक फूलखेतीमा महिला

तनहुँ – यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्।

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार