‘साइनो’ ले पायो पिजी सर्टिफिकेट « Khabarhub

‘साइनो’ ले पायो पिजी सर्टिफिकेट


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो साउन २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘साइनो’ ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको यो फिल्मलाई बोर्डले पिजी सर्टिफिकेट दिएको छ ।

फिल्मका निर्देशक रमेश थापाले भने यो चलचित्र सबैले हेर्न मिल्ने खालको भएको बताए । उनले यो फिल्म मौलिक तथा सामाजिक कथामा निर्माण भएको समेत खुलाए ।

चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ भने फिल्ममा शरण थापा कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

यस्तै चलचित्रमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, वनिश शाहको सम्पादन छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १० : ५९ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,