ग्लोबल टी–२० लिग : सन्दीपको प्रदर्शनमा आंशिक सुधार « Khabarhub

ग्लोबल टी–२० लिग : सन्दीपको प्रदर्शनमा आंशिक सुधार


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला ग्लोबल टी–२० क्यानडा लिगमा व्यस्त छन् । ग्लोबल टी–२० को टिम टोरन्टो नेसन्समा आवद्ध नेपाली स्पिनर सन्दीपले मोन्टेरियल टाइगर्सविरुद्धको खेलमा यसअघिको खेलमा भन्दा सुधारीएको प्रदर्शन गरेका छन् ।

उनले मोन्टेरियलविरुद्ध ४ ओभर पुरा बलिङ गर्दै २८ रन खर्चिएर १ विकेट हात पारे । सन्दीपले ‘सुधारिएको’ प्रदर्शन गरेको खेलमा टोरन्टो नेसन्सले मोन्टेरियल टाइगर्सविरुद्ध ४ विकेटको जीत हात पारेको छ ।

यसअघि शनिबार राति भएको बह्मटोन बोभ्सविरुद्धको खेलमा सन्दीप निकै महँगा सावित भएका थिए । ग्लोबल टी–२० को यो सिजनमा पहिलो खेलमा मैदान उत्रिएका सन्दीपले ४ ओभर बलिङ गर्दै ४४ रन खर्चेर १ विकेट हात पारेका थिए । तर, दोस्रो खेलमा उनले रनमा नियन्त्रण गर्न सफल भएका छन् । यो सँगै ग्लोबल लिगमा उनले २ विकेट हात पारेका छन् ।

पहिलो खेलमा सन्दीपले धेरै रन खर्चिएपछि दोस्रो आइतबार राति भएको खेलमा टोरन्टोले उनलाई मैदान उतार्नेमा शंका प्रसस्तै थियो । तर, भेट्रान क्रिकेटर युवराज सिंहको नेतृत्व गरेको टोरन्टोले मोन्टिेरियलविरुद्धको खेलमा उनलाई स्थान दिएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ११ : ४६ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्