ग्लोबल टी–२० लिग : सन्दीपको प्रदर्शनमा आंशिक सुधार « Khabarhub

ग्लोबल टी–२० लिग : सन्दीपको प्रदर्शनमा आंशिक सुधार


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला ग्लोबल टी–२० क्यानडा लिगमा व्यस्त छन् । ग्लोबल टी–२० को टिम टोरन्टो नेसन्समा आवद्ध नेपाली स्पिनर सन्दीपले मोन्टेरियल टाइगर्सविरुद्धको खेलमा यसअघिको खेलमा भन्दा सुधारीएको प्रदर्शन गरेका छन् ।

उनले मोन्टेरियलविरुद्ध ४ ओभर पुरा बलिङ गर्दै २८ रन खर्चिएर १ विकेट हात पारे । सन्दीपले ‘सुधारिएको’ प्रदर्शन गरेको खेलमा टोरन्टो नेसन्सले मोन्टेरियल टाइगर्सविरुद्ध ४ विकेटको जीत हात पारेको छ ।

यसअघि शनिबार राति भएको बह्मटोन बोभ्सविरुद्धको खेलमा सन्दीप निकै महँगा सावित भएका थिए । ग्लोबल टी–२० को यो सिजनमा पहिलो खेलमा मैदान उत्रिएका सन्दीपले ४ ओभर बलिङ गर्दै ४४ रन खर्चेर १ विकेट हात पारेका थिए । तर, दोस्रो खेलमा उनले रनमा नियन्त्रण गर्न सफल भएका छन् । यो सँगै ग्लोबल लिगमा उनले २ विकेट हात पारेका छन् ।

पहिलो खेलमा सन्दीपले धेरै रन खर्चिएपछि दोस्रो आइतबार राति भएको खेलमा टोरन्टोले उनलाई मैदान उतार्नेमा शंका प्रसस्तै थियो । तर, भेट्रान क्रिकेटर युवराज सिंहको नेतृत्व गरेको टोरन्टोले मोन्टिेरियलविरुद्धको खेलमा उनलाई स्थान दिएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ११ : ४६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु