सरकारको राम्रो कामको समर्थन गर्छौं : सभापति देउवा « Khabarhub

सरकारको राम्रो कामको समर्थन गर्छौं : सभापति देउवा


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका राम्रा कामको समर्थन गर्ने बताएका छन् ।

काङ्ग्रेस जिल्ला सभापति स्व कमलप्रसाद पङ्गेनीको प्रथम स्मृति सभामा सोमबार यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले सरकारका कतिपय गतिविधि संविधान विपरीत भइरहेको आरोप लगाए ।

उनले भने, ‘सरकारले गर्ने राम्रो कामको काङ्ग्रेसले समर्थन गर्छ तर मुलुकलाई अहित हुने खालका काममा समर्थन गर्न सकिदैन, यो प्रतिपक्षको धर्म नै हो । ‘

‘मुलुक र जनताको हित विपरीत सरकारका कतिपय गतिविधि देखिएका छन् ।’ उनले भने, ‘जनतालाई सचेत गराउँदै राष्ट्र हित विपरीत भएका गतिविधि रोक्न प्रतिपक्षी दल लागिपरेको छ ।’

फरक प्रसङ्गमा सभापति देउवाले काङ्ग्रेस एकढिक्का हुनुको विकल्प नभएको बताउँदै आगामी दिनमा काङ्ग्रेस एकभएर भएर अगाडि बढ्ने बताए । स्व पङ्गेनी एक कर्मठ नेता भएको र उनलाई गुमाउनु पर्दा पार्टीलाई धेरै ठूलो क्षति भएको सभापति देउवाले बताए ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र गगन थापाले सरकारले जनताको दुई तिहाइ मतको अवमूल्यन गरेको, जनतालाई राहत पुग्ने काम गर्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : २२ बजे

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव

प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण

सामुदायिक वन उपभोक्ता समूहका पूर्वपदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

जाजरकोट- जाजरकोटस्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध