दशैँ तिहारका यात्रुको सुविधाका लागि १४ स्थानमा नागरिक सहायता कक्ष खोलिने « Khabarhub

दशैँ तिहारका यात्रुको सुविधाका लागि १४ स्थानमा नागरिक सहायता कक्ष खोलिने


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले दशैँ तिहारलगायतका चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ ।

यातायात व्यवस्था कार्यालयमा बुधबार विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको बैठकमा नागरिकलाई सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि अग्रीम टिकट खोल्नेलगायतका विषयमा छलफल भएको थियो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले सबै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयलाई समेत नागरिक सहायता कक्ष सञ्चालन गर्नका लागि अनुरोध गर्दै पत्र लेखिने बताए । व्यवसायीसँग अहिले रहेको सवारी साधनको सङ्ख्या, अवस्थाका बारेमा बुझिएको उनले बताए ।

वैठकका क्रममा व्यवसायीले एक सातामा सबै विवरणसहित विभागमा आउने बताएका थिए । उनले भने, “आगामी सातामा उहाँहरुले विवरण ल्याएपछि नै अग्रीम टिकट खोल्नेलगायतका निर्णय हुनेछ ।”

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले वर्षाका कारण विभिन्न स्थानका सडक बिग्रीएकाले दशैँ अगाडि नै सडक विभागले बनाइसक्नु पर्नै बताए । दशैँ, तिहारलगायतका चाडपर्वका समयमा सवारी साधनले यात्रु गाडीभरी लिएर गए पनि फर्कदा रित्तै फर्कनुपर्ने बताए । उनले भने, “मिडियाले त्यो नबुझी व्यवसायीले चाडपर्वका समयमा धेरै कमाउने गरेको भन्दै आरोप लगाउँछन् ।”

चाडपर्वका समयमा हुनसक्ने दुर्घटना न्यूनीकरण, अग्रीम टिकटलगायतका विषयमा विभागले सरोकारवाला निकायसँग नियमित छलफल गरिरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : ४२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर