नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न « Khabarhub

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ ।

विसं १९९० को भूकम्पले भत्किएको मन्दिर लामो समयपछि पञ्चायतकालमा ढलान गरेर बनाइएको थियो । विसं २०७२ को भूकम्पले भत्किएको मन्दिर पुनर्निर्माण सम्पन्न गरी आज शुभारम्भ गरिएको हो । नित्यनाथलाई बाजागाजाका देवताका रूपमा पूजिन्छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले महानगर क्षेत्रभित्रका मूर्त, अमूर्त सम्पदाको संरक्षणका लागि महानगरपालिकाले काम गरिरहेको बताइन् ।

यसबीचमा ८२ वटा अमूर्त र ७८ वटा मूर्त सम्पदाको संरक्षण गरिएको उनले जानकारी दिइन् । एघार वर्षअघिका भूकम्पले भत्किएका सम्पदा पुनर्निर्माणको काम प्रायः अन्तिम चरणमा पुगेको उल्लेख गर्दै कार्यवाहक नगरप्रमुख डङ्गोलले संरक्षणका काम गरिनुपर्नेमा जोड दिइन् ।

महानगरपालिका वडा नं ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले पुनर्निर्माण सम्पन्न गरिएको नित्यनाथ मन्दिरले संस्कार सिकाएर राख्न सहयोग गर्ने बताए । मन्दिरका माध्यमबाट बाजागाजा नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिने वातावरण बनेको पनि उनले बताए ।

नेपाल धर्म, संस्कृति, चाडपर्व र जात्राका कारण चिनिएको उल्लेख गर्दै वडाध्यक्ष सङ्गतले पशुपति क्षेत्रका ग्वल नवाली टोलमा पुर्खाले जात्रा, पर्व, संस्कृति संरक्षणका लागि नित्यनाथ मन्दिर बनाएको बताए । त्यसै टोलमा २०४२ सालमा स्थापना भएको पुस्तकलाय पनि भूकम्पले भत्किएकामा त्यसलाई पुनर्निर्माण गरी हस्तान्तरण गरिने प्रतिबद्धता पनि उनले बताए ।

महानगरपालिका वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगर क्षेत्रका मौलिक संस्कृति संरक्षणका लागि स्थानीय सरकारका तर्फबाट धेरै काम भएको बताउनुभयो । यस्ता कामलाई आगामी दिनमा निरन्तरता दिइने पनि उनको प्रतिबद्धता थियो ।

ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले यस वर्षको ज्यापू दिवसका अवसरमा आगामी योमरी पून्हिका दिन जयवागेश्वरीबाट नै शोभायात्रा गरी वसन्तपुर पुगेर विशेष सभा गर्नेगरी तयारी भएको जानकारी गराए ।

सन्ध्या पुस्तकालयका अध्यक्ष एवं नवाली टोल बाजा खलका कार्यवाहक अध्यक्ष शिवकुमार सङ्गत र सचिव सुजन सङ्गतलगायतले सङ्गीत संस्कृति पुस्तान्तरणको काम गर्न सहयोगी हुनेगरी नित्यनाथ मन्दिर पुनर्निर्माण भएको बताए। दाफा भजन, यस क्षेत्रमा लोप हुन लागेका बाजागाजाको संरक्षणका लागि पनि नित्यनाथ मन्दिरबाट सहयोग पुग्ने उनको भनाइ थियो ।

सो अवसरमा मन्दिर पुनर्निर्माणका लागि नक्सा ड्रइङ, डिजाइन गरी सहयोग गर्ने इन्जिनियर सुशान्त वैद्य, महानगरपालिका सम्पदा विभाग प्रमुख कुमारी राई र पुनर्निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न वडाध्यक्ष सङ्गतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मौलिक बाजागाजा र नृत्य सिक्ने विभिन्न व्यक्तित्वलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ८ : ५८ बजे

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी