१६ किलो सुन तस्करी प्रकरण– ३५ करोड ६६ लाख जरिवाना माग गर्दै मुद्दा दायर « Khabarhub

१६ किलो सुन तस्करी प्रकरण– ३५ करोड ६६ लाख जरिवाना माग गर्दै मुद्दा दायर


१९ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध रु ३५ करोडभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ ।

गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले रु ३५ करोड ६६ लाख ७२ हजार जरिवाना माग गरेको हो ।

विभागले आफ्नो अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा उक्त माग दाबीसहित मुद्दा दर्ता गरेको अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए । विभागबाट सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर मिसिल र अभियोगपत्र अदालतमा प्राप्त भएको उनले बताए ।

“अहिलेसम्मको अनुसन्धानको सम्पूर्ण मिसिल र अभियोग पत्र प्राप्त भएको छ”, जिल्ला अदालतका स्रेस्तेदार अधिकारीले भने, “प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।” राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गराएको हो ।

प्रतिवादी गुरुङले बयान क्रममा आफूले लोप्साङ लामा भन्ने व्यक्तिबाट सुन लिएको बताएका छन् । गुरुङले दिएको बयानका आधारमा लामाको पूरा ठेगाना खुलेमा लोप्साङ लामाविरुद्ध पूरक अभियोग लगाएर अनुसन्धान गरिने अभियोग पत्रमा उल्लेख छ । बरामद भएको सुनको मूल्य आठ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७६, बिहिबार  ६ : ४८ बजे

पाकिस्तान ‘ए’ विरुद्ध अभिषेश गाैतमको डेब्यु

काठमाडाैँ – नेपाली क्रिकेट टोलीका बलर अभिषेश गौतमले ‘लिस्ट ए’

१५ अंक बढ्यो नेप्से, कारोबार ५ अर्ब ५५ करोड पुग्यो

काठमाडौँ – बैंकिङ समूहमा देखिएको उच्च वृद्धिको प्रभावले मंगलबार सेयर

नेपालमा कतारी लगानी भित्र्याउन सभामुख अर्यालको आग्रह

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल

हसिनाको स्वदेश फिर्ती अस्वीकार पक्राउ गर्ने सरकारको चेतावनी

ढाका– बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ ले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं- एसिया कप राइजिङ स्टार्स अन्तर्गत मंगलबारको खेलमा नेपाल र