टाउको दुखेपछि प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस हिजो भएन, आज गर्ने तयारी « Khabarhub

टाउको दुखेपछि प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस हिजो भएन, आज गर्ने तयारी


१९ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस आज गरिने भएको छ ।  ७ पटक गर्नुपर्ने प्लाज्मा फेरेसिस हिजो(बुधबार) गर्ने तय भएको थियो ।

तर, प्रधानमन्त्री केपी ओलीलाई टाउको दुखेपछि हिजो प्लाज्मा फेरेसिस हुन सकेन ।

‘प्रधानमन्त्रीलाई टाउको दुखेपछि हिजो हुने भनिएको प्लाज्मा फेरेसिस हुन सकेन’ प्रधानमन्त्रीको सचिवाल श्रोतले खबरहबसँग भन्यो,‘अब आज परीक्षण हुनेछ ।’

श्रोतका अनुसार प्रधानमन्त्री ओली शुक्रवार फर्कने यसअघिको तयारी समेत प्रभावित भएको छ ।

‘प्लाज्मा फेरेसिस सकिएपछि रिपोर्ट आउने छ र शुक्रवार आराम गरेर उहाँ शनिवार स्वदेश फर्कनु हुनेछ’ श्रोतले भन्यो ।

शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गर्न आवश्यक भएको चिकित्सकले बताएका थिए ।

सातौंपटक प्लाज्मा फेरेसिसस रिपोर्ट आएसँगै शरीरमा एन्टिबडीको अवस्था जानकारी हुने प्रधानमन्त्रीका निजी चिकित्सकले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७६, बिहिबार  १० : ०० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस