योगीको घरमा पनि फेला पर्‍यो पेस्तोलको म्यागेजिन « Khabarhub

योगीको घरमा पनि फेला पर्‍यो पेस्तोलको म्यागेजिन


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– मंगलबार राति हतियारसहित पक्राउ परेका सन्तोष दास उर्फ सत्य राज योगीको घरमा पेस्तोलको म्यागेजिन फेला परेको छ ।

प्रहरीलाई हतियार देखाएर भाग्दै गरेको अवस्थामा योगी मंगलबार राति वीरगन्जबाट पक्राउ परेका थिए ।

प्रहरीले योगीलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो । उनको साथबाट एउटा पेस्तोल र त्यसमा लाग्ने १७ राउण्ड गोली बरामद भएको थियो ।

प्रहरीले थप अनुसन्धानअन्तर्गत वीरगन्जको इनर्वास्थित योगीको घरमा समेत खानलासी गरेको थियो । घरमा तलासी गर्दा पेस्तोलको म्योगेजिन १ जान र १ थान पेटनड्राइभ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार योगी फुल हसन अन्सारी समूहका सदस्य हुन् । कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटेर छुटेका अन्सारी पछिल्लो समय पुनः अपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन् ।

प्रहरीका अनुसार फुल हसन अन्सारी समूहले पछिल्लो समय विभिन्न व्यवसायीबाट अवैध रुपमा रकम असुल्नेदेखि सर्वसाधारण र कर्मचारीलाई समेत फोन गरेर धम्की दिँदै आएको छ ।

अन्सारी समूहका सदस्यको खोजीकै क्रममा मंगलबार योगी पक्राउ परेका हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : ४७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर