योगीको घरमा पनि फेला पर्‍यो पेस्तोलको म्यागेजिन | Khabarhub Khabarhub

योगीको घरमा पनि फेला पर्‍यो पेस्तोलको म्यागेजिन


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– मंगलबार राति हतियारसहित पक्राउ परेका सन्तोष दास उर्फ सत्य राज योगीको घरमा पेस्तोलको म्यागेजिन फेला परेको छ ।

प्रहरीलाई हतियार देखाएर भाग्दै गरेको अवस्थामा योगी मंगलबार राति वीरगन्जबाट पक्राउ परेका थिए ।

प्रहरीले योगीलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो । उनको साथबाट एउटा पेस्तोल र त्यसमा लाग्ने १७ राउण्ड गोली बरामद भएको थियो ।

प्रहरीले थप अनुसन्धानअन्तर्गत वीरगन्जको इनर्वास्थित योगीको घरमा समेत खानलासी गरेको थियो । घरमा तलासी गर्दा पेस्तोलको म्योगेजिन १ जान र १ थान पेटनड्राइभ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार योगी फुल हसन अन्सारी समूहका सदस्य हुन् । कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटेर छुटेका अन्सारी पछिल्लो समय पुनः अपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन् ।

प्रहरीका अनुसार फुल हसन अन्सारी समूहले पछिल्लो समय विभिन्न व्यवसायीबाट अवैध रुपमा रकम असुल्नेदेखि सर्वसाधारण र कर्मचारीलाई समेत फोन गरेर धम्की दिँदै आएको छ ।

अन्सारी समूहका सदस्यको खोजीकै क्रममा मंगलबार योगी पक्राउ परेका हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : ४७ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।