अमेरिकामा भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु, बुवा, आमासहित छोरीको ज्यान गयो « Khabarhub

अमेरिकामा भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु, बुवा, आमासहित छोरीको ज्यान गयो


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा भएको सवारी दुर्घटनामा तीन जना नेपालीको ज्यान गएको छ ।

अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा गोविन्द खनाल, पत्नी शान्ता खनाल र उनीहरुका छोरी श्रद्धा खनाल ओझा रहेका छन् ।

घटनामा दुई जना घाइते भएका छन् । जसमध्ये श्रद्धाका पति प्रभास ओझाको अवस्था स्थिर रहेको छ भने उनीहरुकी ४ वर्षीय छोरीको अवस्था चिन्ताजनक रहेको छ ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक लाइटमा रोकिएको उनीहरुको सवारीलाई पछाडिबाट आइरहेको पिकअप ट्रकले ठक्कर दिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १२ : ०० बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले