प्रहरीलाई घुस दिन खोज्ने स्कुटर चालक पक्राउ | Khabarhub Khabarhub

प्रहरीलाई घुस दिन खोज्ने स्कुटर चालक पक्राउ


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई प्रभावमा पार्न घुस दिन खोज्ने १ जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा घर भइ काठमाडौं बस्दै आएका २६ वर्षी राम खत्री छन् ।

बा ४५ प ६३७३ नम्बरको स्कुटर चलाएर आएका खत्रीले सवारी चेकजाँचमा खटिएका प्रहरीलाई प्रलोभनमा पार्न ८ सय रुपैयाँ दिन खोजेका थिए ।

उनले सवारी चालक अनुमति पत्र (लाइसेन्स) र आवश्यक कागजातबिनै सवारी चलाएको फेला परेपछि प्रहरीले स्कुटीलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको स्कुटर छुटाउनका लागि उनले प्रहरी कर्मचारीलाई प्रलोभनमा पार्न ८ सय रुपैयाँ दिन खोजेका थिए ।

डिउटीमा खटिएका प्रहरी कर्मचारीले खत्रीलाई घुस दिन खोजेको ८ सय रुपैयाँ र स्कुटरसहित नियन्त्रणमा लिएका हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १ : ०३ बजे

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ

गण्डकी प्रदेशसभाबाट ‘दलित अधिकार तथा सशक्तीकरण ऐन २०८२’ पारित

गण्डकी – गण्डकी प्रदेशसभाबाट ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरण