यु–१९ एसिया कप क्रिकेट– नेपाललाई इतिहास बनाउने अवसर ! « Khabarhub

यु–१९ एसिया कप क्रिकेट– नेपाललाई इतिहास बनाउने अवसर !



काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नयाँ उचाई लिने लक्ष्यसहित नेपाली यतिबेला श्रीलंकामा छ ।

बिहीबार (आज)देखि शुरु भएको प्रतियोगितामा नेपाली युवा टोलीले शुक्रबार (भोलि) आयोजक टोली श्रीलंकासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

नेपाली युवा टोलीका कप्तान तथा सिनियर टोलीका भरपर्दा मध्यक्रमका क्याट्सम्यान रोहित कुमार पौडेलले यो संस्करणको एसिया कपमा राम्रो शुरुवात गर्दै नेपाललाई शीर्ष ४ सम्म पुर्‍याउने बताउँदै आएका छन् ।

८ टोली सहभागी एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालले टेस्ट राष्ट्र श्रीलंका, बंगलादेशसहित युनाइटेड अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

दुई समूहका शीर्ष २ टोली अन्तिम ४ मा पुग्नेछन् । त्यसका लागि नेपालले कम्तिमा दुई खेलमा जीत्नुपर्ने हुन्छ ।

प्रतियोगिताको शुरुवात नै बलियो घरेलु टोलीसँग खेलेर गर्नु पर्ने चुनौतिमा रहेको नेपालले अहिलेसम्म श्रीलंकालाई पराजित गर्न सकेको छैन ।

शुक्रबार श्रीलंकालाई हराउने दाउमा रहेको नेपाली युवा टोलीले उसलाई पराजित गर्न सके त्यो ठूलो उपलब्धी बन्नेछ । बुधबार प्रि म्याच कन्फ्रेसनमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले सिनियर टोलीबाट खेल्दा बुटुलेको अनुभवलाई प्रयोग गर्दै एसिया कपलाई यादगार बनाउने बताए ।

‘सिनियर टोलीसँग खेल्दा राम्रो अनुभव बटुलेको छु । त्यसलाई सही तरिकाले प्रयोग गर्दै एसिया कपमा टोलीका लागि योगदान गर्नेछु,’ रोहितले भने ।

एसिया कपका लागि भदौ ७ गते श्रीलंका गएको नेपाली टोलीले श्रीलंकामा स्थानीय तीन वटा क्लबसँग अभ्यास खेल खेलेको थियो । जसमा नेपाली टोलीले १ खेलमात्रै जितेको थियो भने दुई खेलमा हार व्यहोरेको थियो ।

अभ्यास खेलसँगै नेपाली टोलीले १० दिनभन्दा धेरै दिनकोअभ्यासश्रीलंकामा गरेको छ । श्रीलंकामै प्रतियोगिता भएकाले त्यहाँको अभ्यासले नेपाली युवा टोलीलाई राम्रो प्रदर्शन गर्न सहज हुने यसअघि नै टोलीका मुख्य प्रशिक्षक विनोद दासले बताएका थिए ।

यतिबेला संयोग पनि कस्तो परेको छ भने नेपाली टोलीले पहिलो पटक श्रीलंकासँग खेल्दाको नेपाली यु–१९ टोलीका कप्तान विनोद दास अहिले युवा टोलीको मुख्य प्रशिक्षकका रुपमा श्रीलंकामा छन् ।

नेपाली टोलीले पहिलो पटक श्रीलंकासँग सन् २००० मा आईसीसी यु–१९ विश्वकप सुपर लिगको समूह दुई मा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाली टोलीको कप्तान विनोद दासले गरेका थिए । जुन खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो ।

यतिबेला दासको भूमिकासँगै जिम्मेवारी पनि थपिएको छ । उनले नेपाली टोलीलाई एसिया कपको पहिलो खेलमा घरेलु टोलीविरुद्ध राम्रो नतिजा ल्याउन खेलाडीहरुलाई मोटिभेट गर्नु पर्नेछ ।

समूहमै टेस्ट राष्ट्र भएपनि नेपालसँग अहिले राम्रो टोली रहेको कप्तान पौडेलले बताउँदै आएका छन् । ‘अहिले हामीसँग राम्रा खेलाडी छन् । सबै खेलाडीले आवश्यक परेको समयमा शतप्रतिशत दिएर खेल्न सक्नुपर्छ हामी राम्रो गर्न सक्छौं,’ रोहितले भने,‘एसिया कपमा टेस्ट राष्ट्रहरु भएपनि नेपाली टेली पनि कमजोर छैन । टिमका ११ जान खेलाडीले नै राम्रो खेल्न सके एसिया कपको फाइनलसम्म पुग्न गाह्रो छैन् ।’

यसअघिको एसिया कप खेलेको टोलीका केही खेलाडी पनि अहिले टोलीमा रहेका छन् । जसमा भीम सार्की, आसिफ शेख, पवन शरार्फ, कमलसिंह ऐरी लगायतका खेलाडी २०१६ को यू–१९ एसिया कपको टोलीमा रहेका थिए । अहिले यी खेलाडीहरु नै नेपाली युवा टोलीको मूख्य भूमिकामा रहेका छन् ।

हेड टु हेडमा श्रीलंकाको शत प्रतिशत नतिजा

एसिया कपमा श्रीलंकासँग खेल्न थालेको नेपालको विगत भने निराशाजनक रहेको छ । यसअघि नेपालले ५ वटा खेल श्रीलंकाको यु–१९ टोलीसँग खेलिसकेको छ । तर, ति सबै खेलमा नेपालले पराजय व्यहोर्दै आएको छ ।

नेपालले पहिलो पटक सन् २००० जनवरी २० खेलेको थियो । उक्त खेलमा आईसीसी यु–१९ विश्वकप सुपर लिगको समूह दुई अन्तरगत नेपाल र श्रीलंकाले खेलेका थिए भने खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले मात्रै ८९ रन बनाएपछि श्रीलंकाले १ विकेट गुमाएर १८.३ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

त्यसपछि नेपालले २००८ फ्रेबु्रअरी १८ मा आईसीसी यु–१९ विश्वकपको समूह चरणमा यी दुई टोलीको भेट भएको थियो भने उक्त खेलपनि नेपालले ६१ रनले गुमाएको थियो ।

तेस्रो भेट नेपाल र श्रीलंकाको सन् २०१२ अगस्ट २० मा आईसीसी यु–१९ विश्वकप क्वाटरफाइनलको प्लेअफ खेलमा भएको थियो । त्यो खेलमा श्रीलंकाले नेपाललाई ८ विकेटले पराजित गरेको थियो ।

नेपालले पछिल्ला दुई खेल भने सन् २०१६ मा खेलेको थियो । जसमा जनवरी २५ मा भएको यु–१९ विश्वकपको वार्म अप खेल थियो । उक्त खेलमा नेपाल ६५ रनले पराजित हुँदा अन्तिम खेल नेपालले श्रीलंकासँग २०१६ कै डिसेम्बर महिनामा खेलेको थियो ।

जसमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दा पनि हार व्यहोर्नु परेको थियो । उक्त खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्र सिंह ऐरीले गरेका थिए । यु–१९ एसिया कपको समूह ए मा रहेको श्रीलंकाले दिएर २ सय २७ रनको लक्ष्य पछ्याएको नेपालले २ सय २६ रनमा अलआउट भएपछि रोमाञ्चक खेलमा नेपाल १ रनले पराजित भएको थियो ।

१ रनले पराजित भएको नेपालका लागि सर्वाधिक ९० रन बनाएका कप्तान दिपेन्द्रसिंह ऐरी १० रनले शतक बनाउनबाट चुकेका थिए । उनले ९९ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए ।

नेपाली टोली

रोहित कुमार पौडेल (कप्तान), भीम सार्की, सन्दीप जोरा, आसिफ शेख, सुर्य तामाङ, रित गौतम, पवन शरार्फ, हरि बहादुर चौहान, कुसल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खड्क बहादुर बोहरा, लोकेश बहादुर बम , प्रतिश जिसी


तस्वीर सौजन्य– रमन सिवाकोटी

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ५ : १४ बजे

दुई फर्मलाई नगद जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

बैतडी बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो, ३६ घाइतेको उपचार हुँदै

बैतडी– बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु

बालेनको पक्षमा बग्रेल्ती गीत, र्‍यापर-एआईले दिए स्वर !

काठमाडौं – र्‍यापको सुरुवात सयौं वर्ष पहिला नै भएको तथ्यहरु

धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु

खोटाङ– खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल

म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली