संसदीय समितिमा ‘शब्द’लाई लिएर सांसदबीच मतान्तर « Khabarhub

संसदीय समितिमा ‘शब्द’लाई लिएर सांसदबीच मतान्तर


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिको बैठकमा अभिव्यक्त गर्ने शब्दहरुमा नै सांसदहरु बीच मतान्तर देखिने गरेको छ ।

संसदीय समितिमा छलफलमा रहेका विधेयकहरुमा सांसदहरुले आफ्ना धारणाहरु राख्दा आफूले चाहेको शब्द राख्नुपर्ने अडान पनि राख्ने चलनले मतान्तर देखिने गरेको हो । बिहीबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो देखियो ।

समितिमा संघीय निजामती सेवा सम्बन्धि मूल बिधेयकमा दफाबार छलफल चलिरहेको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद झपट रावल र नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको धारणामा मतान्तर जस्तो देखिएको हो ।

दुवै सांसदले ब्यक्त गरेका बिचारको अन्तर्य एउटै भए पनि आफूले प्रयोग गरेको शब्द नै विधेयकमा राख्नु पर्ने अडान देखियो । दुवै जना सांसदले राखेका विचार ऐनको प्रस्तावनामा के के कुरा राख्ने भन्नेमा केन्द्रित थियो ।

एकै अर्थ लाग्ने फरक-फरक शब्दको प्रयोग र आफूले प्रयोग गरेको शब्द नै विधेयकमा उल्लेख गर्नु पर्ने अडानले कहिलेकाहीँ व्यक्तिगत सवाल जवाफ पनि हुन पुगेको छ । शब्दलाई लिएर विवाद बढ्न थालेपछि समितिमा छलफालमा सहभागी भएका मन्त्रालयका पदाधिकारी पनि अलमलमा पर्ने गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ५ : १७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर