यू-१५ साफ खेल्ने नेपाली महिला टोली घोषणा « Khabarhub

यू-१५ साफ खेल्ने नेपाली महिला टोली घोषणा


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यु–१५ साफ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय यू–१५ नेपाली महिला टोलीको घोषणा गरिएको छ ।

महिला टोलीका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले बिहीबार यू–१५ साफ खेल्ने टोलीको अन्तिम घोषणा गरेका हुन् । भुटानको राजधानी थिम्पुमा हुने प्रतियोगिताका अक्टोबर ९ देखि १५ सम्म संचालन हुनेछ ।

प्रतियोगिताका लागि नेपालबाट गोलकिपरमा सावित्री किसान, पुजा थापा, लिला जोशी छनोट हुँदा डिफेन्डरमा कुमारी तामाङ, सरु हमाल, मञ्जु खड्का, प्रतिक्षा चौधरी, दिव्या यसमाली मगर, सविना चौधरी र पुष्पा गुरुङ रहेका छन्।

यस्तै, मिडफिल्डरमा अनु राई, सुरक्षा सुखरीया, ममता पुन, सारा बज्राचार्य, मन माया धामी, सुस्मा जीटी, मनिसा राउत, सुनकला राई, अस्मिता रानापाल रहँदा फरवार्डमा प्रिती राई, अमिसा कार्की, मन्दिरा राई र निकिता थोकर छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ५ : ४८ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय