प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, शुक्रबार स्वदेश फर्किने « Khabarhub

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, शुक्रबार स्वदेश फर्किने


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्यूत मैनालीका अनुसार प्रधानमन्त्री ओलीलाई बिहीबार अस्पतालले डिस्चार्ज गरेको हो ।

प्रधानमन्त्री ओलीको बिहीबार नै सातौं पटकको प्लाज्मा फेरेसिस  गरिएको हो । जनसम्पर्क सल्लाहकार मैनालीले भने,  ‘प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस सकिएसँगै  शुक्रबार उहाँ स्वदेश फर्किनु हुनेछ।’

यसअघि सातौं पटकको प्लाज्मा फेरेसिस बुधबार गर्ने भनिए पनि प्रधानमन्त्री ओलीका टाउको दुखेपछि प्लाज्मा फेरेसिस हुन सकेको थिएन ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीका अनुसार प्रधानमन्त्रीको टाउको दुख्ने समस्या केही कम भएपछि बुधबार नभएको प्लाज्मा फेरेसिस बिहीबार गरिएको हो ।

आइतबार नेपाल आउन लागेका चीनका विदेशमन्त्री वाङ यीको भ्रमणका कारण पनि प्रधानमन्त्री ओली ‘हतार’ गरेरै स्वदेश फर्किन लागेका छन् ।

‘राष्ट्रपति सी (चिनियाँ राष्ट्रपति सी चिनफिङ)को संभावित नेपाल भ्रमणबारे महत्वपूर्ण तयारी गर्ने भनेर विदेशमन्त्री यी पनि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । सोही विषयमा आवश्यक छलफल र तयारीका लागि प्रधानमन्त्रीले स्वदेशमा हुनु पनि जरुरी नै भइहाल्यो,’ प्रधानमन्त्री निकट स्रोतले खबरहबसँग भन्यो, ‘चिनियाँ विदेशमन्त्री यीको भ्रमणका कारण पनि प्रधानमन्त्री एक दिन अगाडि नै स्वदेश फर्किन लाग्नुभएको हो ।’

यसअघि ओली शनिबार मात्रै स्वदेश फर्किने गरी तयारी गरिएको थियो ।

शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गर्न आवश्यक भएको चिकित्सकले बताएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : २२ बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा