पुजन र श्रीया च्याम्पियन | Khabarhub Khabarhub

पुजन र श्रीया च्याम्पियन


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिल्ड्रेन मोर्डनका पुजन तामाङ तथा नवज्ञानकी श्रीया खड्काले द चाँदवाग अन्तर स्कुल गोजु काई कराते प्रतियोगिताको एकल काँतामा च्याम्पियन बनेका छन् ।

बाँसबारीस्थित द चाँदवाग स्कुलमा बिहीबार भएको प्रतियोगितामा छात्रतर्फ पुजन र छात्रातर्फ श्रीयाले अन्य ८ स्कुलका प्रतिस्पर्धिलाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

यस्तै छात्रतर्फ मित्रपार्क डोजो का सोहेन्द्र राना मगर दोस्रो बन्दा आयोजक द चाँदका प्रबिज्ञ कोइराला तेस्रो बने । छात्रातर्फ सायुरी राईले दोस्रो स्थान हात पार्दा पुष्पा श्री र अंसु गुरुङ संयुक्त रुपमा तेस्रो भए ।

काठमाडौं उपत्यकाका २० स्कुलको सहभागिता रहेको प्रतियोगितामा छात्र तर्फ ५० केजी तौल समूहमा आयोजक द चाँदवागका मनग्य कोइराला र छात्रा तर्फ २० केजी तौल समूहमा द चाँदवागकी श्रीयाक्षी खत्रीले स्वर्ण पदक हात पारे ।

मनग्यले प्राक्सीस इन्टरनेशनल स्कुलका नितेश राईलाई पराजित गर्दा श्रीयाक्षीले गोल्डेन पिक स्कुलकी सोफीया कुंवरलाई पराजित गर्दै पहिलो भएका हुन् ।

छात्र तर्फ विभिन्न १० तौल समूह र छात्रा तर्फ ९ तौल समूहमा भएको प्रतियोगितामा विभिन्न स्कुलका खेलाडीले १९ स्वर्ण, ३८ कास्य र १९ रजत पदकका लागि प्रतिस्पर्धा गरेका थिए । दुई दिने प्रतियोगितामा ५ स्वर्ण पदक सहित नवज्ञानभुमि स्कुल पहिलो बन्दा ३ स्वर्ण पदक हात पारेको आयोजक द चाँदवाक दोस्रो र २ स्वर्ण पदक हात पारेको श्री बाँसबारी स्कुल तेस्रो भयो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : ४७ बजे

काँकडभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर – चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो त्रैमासिकमा पूर्वी

फेसबुकेसँग सल्लाह लिएर औषधि किन्छन् बिरामी, जथाभावी एन्टिबायोटिक प्रयोगले गम्भीर असर

विराटनगर– विराटनगरकी सरिता कार्कीले केही दिनअघि आठ वर्षीय छोरालाई सामान्य

नागरिकताको अभिलेखलाई ‘डिजिटलाइजेसन’

नवलपुर– चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो तीन महिनामा नवलपरासी

कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान,

हुम्लाको डाँडाफयामा भालुको आतंक

सिमकोट– यतिबेला हुम्लाको सिमकोट सिमकोट गाउँपालिका–७, डाँडाफया गाउँमा भालुले आतंक