मेलम्चीका पीडित श्रमिकलाई रकम भुक्तानीका लागि सरकारले थाल्यो प्रक्रिया « Khabarhub

मेलम्चीका पीडित श्रमिकलाई रकम भुक्तानीका लागि सरकारले थाल्यो प्रक्रिया


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मेलम्ची खानेपानी आयोजनाको काम छाडेर हिँडेको इटालियन ठेकेदार कम्पनी सीएमसीबाट पारिश्रमिक पाउन बाँकी रहेका स्थानीय श्रमिकलाई राहत स्वरुप रकम भुक्तानीको प्रक्रिया थालेको छ ।

काम छाडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि आयोजनामा काम गर्दै आएका श्रमिकहरुले पारिश्रमिक पाउन सकेका थिएनन् । पीडित श्रमिकहरुलाई राहत स्वरुप बाँकी रकम उपलब्ध गराउन अर्थ मन्त्रालय पनि सकारात्मक देखिएको छ । स्थानीय श्रमिक मजदुरहरुले भुक्तानी नपाएसम्म काममा अवरोध गर्ने बताईरहेका बेला खानेपानी मन्त्रालयले श्रमिकहरुको माग सम्बोधन गर्न प्रक्रिया अघि बढाएको हो ।

सीएमसीबाट पीडित स्थानीय श्रमिकहरुलाई राहत स्वरुप पाउनुपर्ने बाँकी रकम भुक्तानी दिन मन्त्रालयले यस सम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयबाट सहमति लिईसकेपछि मन्त्रिपरिषद्बाट यस सम्बन्धी आवश्यक निर्णय भई स्थानीय श्रमिकहरुलाई बाँकी रकम भुक्तानी दिन बाटो खुल्नेछ ।

आफूले पाउनुपर्ने रकम दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा भने अध्ययन प्रतिवेदन पेश गर्न खानेपानी मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन भईसकेको छ ।

मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको नेतृत्वमा बनेको समितिले सीएमसी कम्पनीबाट बाँकी भुक्तानी पाउन स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीहरुले दाबी गरेको रकमका सम्बन्धमा आवश्यक अध्ययन गर्नेछ । समितिले भेण्डरहरुले माग गरेको रकमका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेश गर्नेछ ।

यो पनि पढ्नुहोस

मेलम्चीको मुहानमा प्रहरी र आन्दोलनकारीबीच झडप, ६ राउण्ड अश्रुग्यास प्रहार

 

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : ०३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर