बेलायती प्रधानमन्त्रीका भाइ जो जोनसनले दिए पदबाट राजीनामा « Khabarhub

बेलायती प्रधानमन्त्रीका भाइ जो जोनसनले दिए पदबाट राजीनामा


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायती प्रधानमन्त्री बोरिस जोनसनका भाइ जो जोनसनले पदबाट राजीनामा दिएका छन् ।

आफ्ना दाजुले बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटका लागि गरिरहेको प्रयासप्रति असन्तुष्टि जनाउँदै जो जोनसनले सांसद् तथा मन्त्रीको पदबाट राजीनामा दिएका हुन् ।

बेलायती व्यापारमन्त्री समेत रहेका जो जोनसनले ट्विट गर्दै आफू पारिवारिक वफादारिता र राष्ट्रिय हितका बीचमा मुछिएका कारण राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनी दक्षिणपूर्वी लण्डनको ओप्रिङ्टन निर्वाचन क्षेत्रबाट विगत ९ वर्षयता सांसद् रहँदै आएका थिए । आफ्नो भूमिकामा समाधान नै गर्न नसकिने तनाव उत्पन्न भएकाले आफूले राजीनामा दिएको उनको भनाइ छ ।

प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो मन्त्रिपरिषद्मा आफ्ना भाइ जोलाई व्यापार मन्त्रीको जिम्मेवारी दिएका थिए । प्रधानमन्त्री जोनसनविरुद्ध संसद्ले एकपछि अर्को प्रस्ताव पास गरेपछि बेलायती प्रधानमन्त्री हाल ठूलो दबाबमा छन् ।

उनले बिना कुनै सम्झौता ईयूबाट बाहिरिने सक्दो प्रयास गरिरहेपनि संसद्ले बिना सम्झौता बेलायतलाई ईयूबाट बाहिरिन रोक्नका लागि हालै संसद्मा प्रस्ताव पारित गरिकेको छ ।

त्यसबाहेक उनले बेलायतमा आम निर्वाचनको माग गरेपनि बिना सम्झौता ईयूबाट बाहिरिने विषय नटुङ्गिएसम्म त्यसो गर्न समेत नसकिने संसद्ले स्पष्ट पारिसकेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : १७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी