डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु « Khabarhub

डेङ्गुबाट सिन्धुपाल्चोकमा एकको मृत्यु


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची– डेङ्गु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलले डेङ्गु भएको भन्दै काठमाडौँ लैजान सुझाव दिइएको थियो । परिवार र आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पुर्‍याएको हो ।

अस्पतालले डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको प्रमाणित गरेको इन्द्रावती गाउँपालिका–१२ का अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए ।

अस्पतालले दनुवारको मृत्यु डेङ्गुकै कारणले भएको प्रमाणित गरेपछि भिमटारमा गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाउँवासीमा डेङ्गुको थप सङ्क्रमण हुन सक्ने र त्यसलाई रोकथामका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : ३४ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ