कुन कलाकारले कसरी मनाउँदैछन् दशैँ ? | Khabarhub Khabarhub

कुन कलाकारले कसरी मनाउँदैछन् दशैँ ?



काठमाडौं – दशैँको रौनकले सबैलाई बाँधेको छ । यो चाडले कलाकारलाई पनि उत्तिकै छोएको छ। त्यसो त चाडबाडका बेला कलाकारको व्यस्तता अझ धेरै बढ्छ ।

दशैँको रमझमले नछुने नेपाली शायदै होलान् । कलाकारको दशैँ योजना के छ ? हामीले विभिन्न क्षेत्रमा सक्रिय रहेका कलाकारलाई सोधेका छौँ :

बसुन्धरा भुसाल, वरिष्ठ कलाकार

बसुन्धरा भुसाल दशैँ मनाउन अमेरिका जाने योजनामा थिइन् । उनको परिवार उतै छन् । तर अचानक टाइफाइड भएपछि उनी घरमै आराम गरिरहेकी छिन् । दशैँमा काठमाडौंमा भएका आफन्तलाई टीका लगाइदिने उनको योजना छ । तर, डाक्टरले उनलाई पूरै एक महिना आराम गर्न सल्लाह दिएका छन् ।

राजेश हमाल, अभिनेता

राजेश हमालले यसपटकको दशैँ काठमाडौं मै मनाउँदैछन् । पहिले धनकुटामा कार्यक्रमका सिलसिलामा मनाउने भने पनि पूर्वतिर पानी परेपछि कार्यक्रम स्थगित भएको हमाल बताउँछन् । हमालले १६ वर्षपछि दशैंको टीका लगाउँदैछन् ।

निखिल उप्रेती, अभिनेता

अभिनेता निखिल उप्रेतीको दशैँ सामान्य नै हुनेछ । एलर्जीका कारण आराम गरिरहेका निखिल ध्यान र योगमा पनि पछिल्लो समय व्यस्त छन् । यसपटकको दशैँमा परिवारसँगै घरमै दशैँ मनाउने योजनामा रहेको निखिल बताउँछन् ।

प्रदीप खड्का, अभिनेता

युवा अभिनेता प्रदीप खड्काको यसपटक टीका छैन। दशैँमा यसपटक उनीचलचित्र ‘प्रेम गीत ३’ को लोकेशन हन्टिङका लागिमनाङ जाने सम्भावना छ । घरमा टीका नलाउने भएकाले यसपटक उनलाई दशैँको रौनकले खासै छोएको छैन ।

नन्दिता केसी, नायिका

अमेरिका बस्दै आएकी नन्दिता केसी यतिबेला नेपालमा छिन् । उनले यसपटकको दशैँ आफ्नो परिवारका साथ जन्मघर अर्घाखाँचीमा मनाउने योजनामा छिन् । घरमा परिवारसँग बसेर टीका लगाउने अवसर कमै जुट्ने कारणले गर्दा यसपालिको दशैँ उनका लागि विशेष हुनेछ ।

नारायण रायमाझी, गायक

नारायण रायमाझी यति बेला विदेशमा छन् । कार्यक्रमका सिलसिलामा अमेरिका पुगेका रायमाझी उतै भएका नेपालीसँग दशैँ मनाउँदै छन् ।

उपासना सिंह ठकुरी, अभिनेत्री

उपासना सिंह ठकुरीले यस वर्षको दशैँ काठमाडौंमै मनाउने छिन् । घर महेन्द्रनगर भएपनि उनको सबै परिवार काठमाडौंमै दशैँ मनाउन आएका छन् । दशैँमा रमाइलो गर्ने उपासनाको योजना छ।

वर्षा शिवाकोटी, नायिका

चाडबाडलाई पनि खासै महत्त्व नदिने वर्षाले यसपटकको दशैँलाई सामान्य रुपमै मनाउने बताउँछिन् । परिवारसँगै बसेर टीका लगाउने उनको योजना छ । टीकाकै लागि भनेर थप कुनै तयारी नगरेको उनको धारणा छ।

पुष्प खड्का, अभिनेता

अभिनेता पुष्प खड्का दशैँका बेला भारतमा हुनेछन् । भारतको पुनामा रहेका आफ्ना बाबुआमाको हातबाट टीका लगाउन उनी उतै जानेछन् । घर कैलाली भएपनि कैलालीमा कोही नभएको पुष्प बताउँछन् ।

सुरक्षा पन्त, नायिका

सुरक्षा पन्तले दशैँ घरमा नै रमाउने योजनामा छिन् । तर, उनी दशैँ मनाउनका लागि जन्मघर बुटवल जाँदैछिन् । यसपटक आफ्ना ४ जना दिदीबैनी भेट हुने भएकाले पनि थप रमाइलो हुने सुरक्षा बताउँछन् । परिवारसँग बसेर रमाइलो गर्ने योजना छ ।

एलिसा राई, कलाकार

मोडल तथा नायिका एलिसा राईको यसपटक टीका छैन । त्यसैले पनि यसपटकको दशैँको खासै योजना छैन । बरु उनी काम मै व्यस्त छिन् । सम्भवतः दशैँमा उनी कतै घुम्न जाने योजनामा रहेको बताउँछिन ।

करिश्मा मानन्धर, अभिनेत्री

करिश्मा मानन्धरले अष्टमीका दिन आफ्ना आफन्तलाई घरमा बोलाउने गर्थिन् । तर, यसपटक भने घर बनाइरहेका कारण आफन्त र इष्टमित्रलाई पछि बोलाउने योजनामा छिन् । यो बाहेक उनले पनि ललितपुरस्थित आफ्नै घरमा परिवारका साथ दशैँ मनाउनेछिन् ।

आँचल शर्मा, अभिनेत्री

आँचल शर्माले घरमै आफ्नो दशैँलाई विशेष बनाउने योजनामा छिन् । उनले घरमै परिवारका साथ दशैँ मनाउने योजना बनाएकी छिन् । केही कामहरु बाँकी रहेकाले ती काम सक्ने र दशैँमा आराम गर्ने उनको योजना छ । यद्यपि दशैँका लागि भने खास तयारी भने उनले गरेकी छैनिन् ।

स्वस्तिमा खड्का, अभिनेत्री

स्वस्तिमा खड्काको यस वर्ष टीका छैन । टीका नलगाए पनि परिवारसँग समय लगाउने योजना बनाएकी छिन् । कामबाट फुर्सद निकालेर उनले दशैँको बेला परिवारसँग समय बिताउँदै छिन् ।

अञ्जली अधिकारी, मोडल

दशैँ मनाउन अञ्जली टीकाको दिन घर पुग्नेछिन् । दशैँमा आफन्त तथा ठूलाबडा टीका लगाउन उनी टीकाको दिनमात्र घर पुग्नेछिन् । केही स्थानका कार्यक्रममा सहभागी भएर उनी जन्मघर बर्दिया पुग्नेछिन् ।

पशुपतिशर्मा, गायक

पशुपतिशर्मा चाडबाडका बेला बढी नै व्यस्त हुने गर्छन् । यसपटक पनि उनी दशैँमा उत्तिकै व्यस्त छन् । पछिल्लो समय उनी परिवारका साथ दशैँ मनाउनका लागि विदेशका कार्यक्रम स्थगित गरेको बताउँछन् ।

यसपटक पनि उनी आफ्नो गाउँ स्याङ्जामा साथीभाइ र इष्टमित्रसँग दशैँ मनाउने छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ४ : १२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन