कम्युनिस्ट सरकारले मुलुकका लागि राम्रो काम गरेन् : देउवा | Khabarhub Khabarhub

कम्युनिस्ट सरकारले मुलुकका लागि राम्रो काम गरेन् : देउवा


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरुले मुलुकको लागि कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।

मित्र युवा क्लबले दशैंको अवसरमा शनिबार काठमाडौमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले कम्युनिष्टका काण्डै काण्डले मुलुककै बेइज्जत भएको आरोप समेत लगाए ।

महरा काण्डले मुलुकको शीर निहुरीएको भन्दै उनले दुई तिहाईको सरकारले मुलकलाई बर्वाद बनाएको बताए ।

उनले पीडित महिलालाई दुई तिहाईको बलमा डर, धम्की दिएर बयान फेर्न लगाएको भन्दै पीडितलाई न्याय दिनुको सट्टा पीडित बनाएको आरोप लगाए ।

त्यस्तै कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको दुहाई दिने सरकारलाई जनताले खोज्ने बेला आएको बताए ।
उनले महँगी बढ्दा समेत सरकारले कुनै तदारुकता देखाउन नसकेको आरोप लगाए ।

नेता भिमसेनदास प्रधानलगायतले सरकारले चाडबाडमा बढ्दो कालोबजारी, बेथिति र भ्रष्टाचार रोक्न नसकेको बताए।

चाडबाडको अवसरमा मित्र युवा क्लबले बिभिन्न व्यक्तिहरुलाई सम्मानित गर्नुको साथै खाद्यान्न, लत्ताकपडा वितरण गरेको थियो।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ३ : ३० बजे

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका