पुर्खाको गाथा, पौरख र संस्कृतिलाई नभुलौंः पूर्वराजा ज्ञानेन्द्र शाह « Khabarhub

पुर्खाको गाथा, पौरख र संस्कृतिलाई नभुलौंः पूर्वराजा ज्ञानेन्द्र शाह


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै उनले नवदुर्गा भवानीले हाम्रा सबैको आसुरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो ‘सनातनिक सत्य पथतर्फ अभिप्रेतिर गरुन् भन्ने कामना गरेका छन् ।

‘राष्ट्रिय सांस्कृतिक पर्व वडा दशैं नेपाली घर आँगनमा छाएको छ । विजया दशमीको पावन अवसरमा हामी देश भित्र र देश बाहिर रहेका समस्त नेपालीहरुमा सुख, शान्ति र सम्मृद्धिको लागि शुभकामना व्यक्त गर्दछौं ।’, शुभकामना सन्देशमा भनिएको छ ।

उनले शुभकामना सन्देशमा राष्ट्रका यावद् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्व हितकारी हुनुपर्ने बताएका छन् । उनले पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा हाम्रो कदापि भलो नहुने बताएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेबारी पन्छ्याउने र आ–आफ्नो कमी कमजोरीलाई ढाकछोप गरी, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो होइन ।’

उनले देश आफै उत्पीडन र आतंकको नभई, बुद्धि र भाइचारको स्मारक बन्नुपर्ने बताएका छन् । राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रहोको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित नहुने जनाएका छन् ।

उनले राष्ट्रिय आदर्श बमोजिम समझदारीका साथ अघि बढ्न अटुट प्रयत्न हुनुपर्ने बताएका छन् ।

 

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ५ : ४० बजे

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको