टी–२० सिरिजः नेपालले भोलि हङकङको सामना गर्ने | Khabarhub Khabarhub

 टी–२० सिरिजः नेपालले भोलि हङकङको सामना गर्ने


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओमानमा जारी टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले भोलि (आइतबार) हङकङविरुद्ध पहिलो खेल खेल्दैछ ।

अल अम्रेट क्रिकेट मैदानमा नेपालले हङकङको सामना गर्दै सिरिजको सुरुवात गर्न लागेको हो ।
सुखद सुरुवात गर्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रिने छ भने हङकङ पनि पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित हङकङ पनि नेपाललाई हराउने योजनामा हुनेछ । तर नेपालविरुद्धको खेलमा हङकङ केहि दबाबमा हुनेछ ।हङकङपछि नेपालले सोमबार नेदरल्याण्डसँग खेल्नेछ ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ६ : १० बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा