एनगोलो कान्टे अजाक्सविरुद्धको खेलमा मैदान फर्कने « Khabarhub

एनगोलो कान्टे अजाक्सविरुद्धको खेलमा मैदान फर्कने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चोटका कारण मैदान बाहिर रहेका चेल्सीका मिडफिल्डर एनगोलो कान्टै अजाक्सविरुद्धको खेलमा मैदान फर्कने भएका छन्।

चेल्सीका मुख्य प्रशिक्षक फ्याङ्क लाम्पार्डका अनुसार मिडफिल्डर कान्टे मंगलबार च्याम्पियन्स लिग अन्तर्गत अजाक्सविरुद्वको खेलमा मैदानमा देखिने बताएका हुन् ।

फ्रान्सका अन्तराष्ट्रिय खेलाडी पछिल्लो महिना मैदान देखिएका छैनन् । युरो छनोटको आईसल्याण्डविरुद्वको खेल अगाडी वार्मअपको क्रममा उनले चोट बोकेका थिए ।

सोही कारण उनले चेल्सीको पाँच खेल गुमाएका थिए । उनी अभ्यासमा फर्किएका छन् । र घरेलु मैदानमा डच च्याम्पियन अजाक्सलाई निमन्त्रणा गर्ने क्रममा उनी मैदान देखिने प्रशिक्षक लाम्पार्डको दाबी छ ।

‘उनी टोलीमा छन् । चोट निको भईरहेको देखिएको छ ।’ लाम्पार्डले भनेका छन् । चेल्सी प्रशिक्षकले एन्टोनियो रुडिगर टिममा फर्कने बिषयमा भने अनिश्चितता ब्यक्त गरे ।

च्याम्पियन्स लिगको समुह एचमा रहेको चेल्सी र अजाक्सको समान ६ अंक छ । गोल अन्तरका आधारमा चेल्सी शीर्ष स्थानमा छ । तेस्रो स्थानको भ्यालेन्सियासंग २ अंकको अग्रता छ ।

लाम्पार्डको टिमले पछिल्लो खेलमा वाटफोर्डलाई २–१ ले हराएको थियो । र प्रिमियर लिगको शीर्ष चारभित्र आफुलाई राख्न सफल भएको छ ।

च्याम्पियन्स लिग लगत्तै चेल्सीले घरेलु मैदानमा प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससंग खेल्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : ३४ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि