हात्तीले धनेश्वर चौधरीको घर भत्कायो « Khabarhub

हात्तीले धनेश्वर चौधरीको घर भत्कायो


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । हात्तीले घर भत्काउँदा र अन्नपात खाँदा २५ हजार मूल्य बराबरको क्षति भएको चौधरीले बताउनुभयो । प्रहरी र स्थानीयवासीले हात्तीलाई जङ्गलतर्फ लखेटेका छन् ।

शनिबार राति र आइतबार बिहान अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नं ६ मोहनपुरस्थित १० घर हात्तीले भत्काएको थियो । आरक्षबाट आएका चार हात्तीले १० घर भत्काएको स्थानीयवासी दुखी यादवले जानकारी दिए । यादवसहित हात्तीले कमानसिंह मगर, मञ्जु कार्की, रोमा परियारलगायतका घर भत्काएको थियो ।

हात्तीको समूहले कोदोबारी, केराबारीसमेत नष्ट गरेको स्थानीयवासीले बताएका छन् । हात्तीको आक्रमणमा परी वर्षेनी मान्छेको ज्यान जानुका साथै सयौँ बिघामा लगाएको अन्नबाली नष्ट पार्दा समेत कुनै निकायले रोकथामका लागि पहल नगरेको स्थानीयवासीको गुनासो छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : ५३ बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी