मेडिकल कलेजको शुल्क र विद्यार्थीमाथिको शोषणबारे काउन्सिलले छानबिन थाल्ने « Khabarhub

मेडिकल कलेजको शुल्क र विद्यार्थीमाथिको शोषणबारे काउन्सिलले छानबिन थाल्ने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल कलेजहरुमा देखिएको शुल्कको विवादको विषयमा नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने भएको छ ।

काउन्सिलले एक विज्ञप्ती जारी गर्दै छानबिन समिति बनाएर समस्याग्रस्त मेडिकल कलेजहरुमा स्थलगत अनुगमन गरी दोषी देखिएकाहरुलाई कारबाहीको पहल गर्ने जनाएको हो ।

शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरेका विद्यार्थीहरुमाथि कुटपिट भएको र बन्धक बनाएको भन्दै काउन्सिलले त्यसतर्फ आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

विद्यार्थीसँग सरकारले तोकेको भन्दा बढी शुल्क लिएर उनीहरुमाथि आर्थिक, मानसिक र विभिन्न प्रकारको शोषण तथा कुटपिट र बन्धक बनाइनु अमानवीय भएको काउन्सिलको ठहर छ ।

काउन्सिलले विज्ञप्तीमाफर्त तत्काल समिति बनाएर तीन प्रमूख कार्य गरिने जनाएको छ ।

काउन्सिलले समिति बनाएर मेडिकल कलेजहरुमा स्थलगत अनुगमन गरी दोषी देखिएकाहरुलाई कारबाहीको लागि चिकित्सा शिक्षा आयोगलाई सिफारिस गर्ने, शान्तिपूर्ण आन्दोलनमा उत्रेका विद्यार्थीहरुलाई कुटपिट गर्ने, बन्धक बनाउने, डर त्रास र धम्की देखाउने लगायतका विषयहरुमा मेडिकल कलेजका सञ्चालक प्राचार्य तथा प्रशासकीय पदाधिकारीहरुसँग स्पष्ट बुझि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन आयोगमा सिफरिस गर्ने जनाएको छ ।

यस्तै चिकित्सा शिक्षा र चिकित्सा व्यवसायसँग सम्बन्धित हरेक समस्या, जटिलता तथा सम्भावनाहरुलाई सम्बोधन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ५ : ३५ बजे

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र

विभेदको कुरा गर्छौँ सदनभित्रै विभेद भयो : हर्क साम्पाङ

काठमाडौं– प्रतिनिधि सभामा आफ्नो पार्टीलाई छोटो समय दिएकोमा श्रम संस्कृति

राष्ट्रिय हितमा सरकारलाई सहयोग हुने छ : सांसद आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले राष्ट्रिय हितको विषयमा सरकारलाई सहयोग

रवि र बालेनलाई वर्षमानले भने, ‘हामीले बहुमत सदुपयोग गर्न सकेनौँ, शिक्षा लिनू’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले सरकारलाई रचनात्मक