मेडिकल कलेजको शुल्क र विद्यार्थीमाथिको शोषणबारे काउन्सिलले छानबिन थाल्ने | Khabarhub Khabarhub

मेडिकल कलेजको शुल्क र विद्यार्थीमाथिको शोषणबारे काउन्सिलले छानबिन थाल्ने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल कलेजहरुमा देखिएको शुल्कको विवादको विषयमा नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने भएको छ ।

काउन्सिलले एक विज्ञप्ती जारी गर्दै छानबिन समिति बनाएर समस्याग्रस्त मेडिकल कलेजहरुमा स्थलगत अनुगमन गरी दोषी देखिएकाहरुलाई कारबाहीको पहल गर्ने जनाएको हो ।

शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरेका विद्यार्थीहरुमाथि कुटपिट भएको र बन्धक बनाएको भन्दै काउन्सिलले त्यसतर्फ आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

विद्यार्थीसँग सरकारले तोकेको भन्दा बढी शुल्क लिएर उनीहरुमाथि आर्थिक, मानसिक र विभिन्न प्रकारको शोषण तथा कुटपिट र बन्धक बनाइनु अमानवीय भएको काउन्सिलको ठहर छ ।

काउन्सिलले विज्ञप्तीमाफर्त तत्काल समिति बनाएर तीन प्रमूख कार्य गरिने जनाएको छ ।

काउन्सिलले समिति बनाएर मेडिकल कलेजहरुमा स्थलगत अनुगमन गरी दोषी देखिएकाहरुलाई कारबाहीको लागि चिकित्सा शिक्षा आयोगलाई सिफारिस गर्ने, शान्तिपूर्ण आन्दोलनमा उत्रेका विद्यार्थीहरुलाई कुटपिट गर्ने, बन्धक बनाउने, डर त्रास र धम्की देखाउने लगायतका विषयहरुमा मेडिकल कलेजका सञ्चालक प्राचार्य तथा प्रशासकीय पदाधिकारीहरुसँग स्पष्ट बुझि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन आयोगमा सिफरिस गर्ने जनाएको छ ।

यस्तै चिकित्सा शिक्षा र चिकित्सा व्यवसायसँग सम्बन्धित हरेक समस्या, जटिलता तथा सम्भावनाहरुलाई सम्बोधन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ५ : ३५ बजे

रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता

किएभ – रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै ओली

काठमाडौं – जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिएर सेनाको सुरक्षा

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै