प्रदेश प्रमुखको परिवर्तन धेरै ठूलो विषय हैन– प्रचण्ड « Khabarhub

प्रदेश प्रमुखको परिवर्तन धेरै ठूलो विषय हैन– प्रचण्ड


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारलाई अहिले उचित लागेका कारण प्रदेश प्रमुखहरु फेरिएको बताएका छन् ।

मंगलबार नेपालगञ्जको बाँकेमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु उदार भएकै कारण नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई २ वर्षसम्म काम गर्न दिइएको पनि बताए ।

‘हाम्रो पार्टी अलि उदार र लचिलो भएको हुनाले र कसैलाई चित्त नदुखोस भनेर उहाँहरुलाई २ वर्षसम्म काम गर्न दिइयो,’ अध्यक्ष प्रचण्डले भने, ‘अहिले फेर्न उचित लागेका कारण फेरिएको हो । यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई धेरै ठूलो ठान्नुपर्ने विषय नै होइन ।’

प्रदेश प्रमुखहरु केन्द्र सरकारको प्रतिनिधिका रुपमा रहने भएका कारण केन्द्र सरकारले आफ्नो उपयुक्तता हेरेर नियुक्ति गर्ने पनि प्रचण्डको भनाइ थियो । ‘कतिपय देशमा यस्तो पदमा भएका व्यक्तिले सरकार परिवर्तन भएपछि नैतिकताका आधारमा आफैं राजीनामा दिन्छन्,’ अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखको नियुक्तका लागि सिफारिस गर्ने निर्णयमा पार्टीका नेता माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु सामान्य विषय भएको समेत बताए ।

‘माधवजीले एक–दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । उहाँले त्यसमा जोड पनि दिनुभएको थियो,’ प्रचण्डले भने, ‘त्यो नभएपछि चित्त नबुझ्नु स्वभाविक हो । चित्त नबुझेर उहाँले असहमति जनाउनुभएको हो । मान्दिन भनेर विरोध गर्नुभएको हैन ।’

प्रदेश प्रमुखहरु परिवर्तनका सन्दर्भमा सत्ता साझेदार समाजवादी पार्टीसँग पनि छलफल गरिएको प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : ०९ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले