प्रदेश प्रमुखको परिवर्तन धेरै ठूलो विषय हैन– प्रचण्ड « Khabarhub

प्रदेश प्रमुखको परिवर्तन धेरै ठूलो विषय हैन– प्रचण्ड


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारलाई अहिले उचित लागेका कारण प्रदेश प्रमुखहरु फेरिएको बताएका छन् ।

मंगलबार नेपालगञ्जको बाँकेमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु उदार भएकै कारण नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई २ वर्षसम्म काम गर्न दिइएको पनि बताए ।

‘हाम्रो पार्टी अलि उदार र लचिलो भएको हुनाले र कसैलाई चित्त नदुखोस भनेर उहाँहरुलाई २ वर्षसम्म काम गर्न दिइयो,’ अध्यक्ष प्रचण्डले भने, ‘अहिले फेर्न उचित लागेका कारण फेरिएको हो । यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई धेरै ठूलो ठान्नुपर्ने विषय नै होइन ।’

प्रदेश प्रमुखहरु केन्द्र सरकारको प्रतिनिधिका रुपमा रहने भएका कारण केन्द्र सरकारले आफ्नो उपयुक्तता हेरेर नियुक्ति गर्ने पनि प्रचण्डको भनाइ थियो । ‘कतिपय देशमा यस्तो पदमा भएका व्यक्तिले सरकार परिवर्तन भएपछि नैतिकताका आधारमा आफैं राजीनामा दिन्छन्,’ अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखको नियुक्तका लागि सिफारिस गर्ने निर्णयमा पार्टीका नेता माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु सामान्य विषय भएको समेत बताए ।

‘माधवजीले एक–दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । उहाँले त्यसमा जोड पनि दिनुभएको थियो,’ प्रचण्डले भने, ‘त्यो नभएपछि चित्त नबुझ्नु स्वभाविक हो । चित्त नबुझेर उहाँले असहमति जनाउनुभएको हो । मान्दिन भनेर विरोध गर्नुभएको हैन ।’

प्रदेश प्रमुखहरु परिवर्तनका सन्दर्भमा सत्ता साझेदार समाजवादी पार्टीसँग पनि छलफल गरिएको प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : ०९ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष