राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश | Khabarhub Khabarhub

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० औँ वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उनले आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन पेश गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार आयोगले हरेक वर्ष आफूले सम्पादन गरेका कामको प्रगति विवरण राष्ट्रपतिसमक्ष पेश गर्ने गरेको छ ।

सो अवसरमा आयोगका सदस्यसमेतको उपस्थिति रहेको थियो । आयोगले २०१६ सालमा पहिलो पटक वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो । आयोगका अध्यक्ष मैनालीले आयोगलाई अझ स्वच्छ र मर्यादित बनाउने बताए ।

प्रतिवेदनमा प्रशासनिक र वित्तीय स्थिति, परीक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रमसम्बन्धि भए–गरेका काम, विज्ञापन र दरखास्तसम्बन्धी विवरण, परीक्षासम्बन्धी विवरण, अन्तर्वार्ता र सिफारिससम्बन्धी विवरण, समावेशी पदपूर्तिसम्बन्धी विवरण रहेका छन् ।

यसैगरी प्रतिवेदनमा आयोगमा परेका उजुरीका सम्बन्धमा भएका निर्णय, स्थानीय तहको पदपूर्ति, सुरक्षा निकाय र सङ्गठित संस्थाको पदपूर्ति सम्बन्धमा आयोगबाट भएका काम, साङ्गठनिक सुधार र नवप्रवर्तनीय कामसमेत उल्लेख गरिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार गत आवमा आयोगले ८७ बैठक गरी २९७ वटा निर्णय गरेको छ । प्रतिवेदनमा आयोगले स्थानीय तहका विभिन्न तहका पदका लागि ३० वटा पाठ्यक्रम निर्माण गरेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ३ : ४५ बजे

अन्तरचक्षुको आवाज– भाँडा बजेको ध्वनि पछ्याउँदा संगीत भेटेँ

काठमााडौं– जन्मजात दृष्टिविहीन मोरङका रमेश सुवेदीलाई नेता बनेर देशको सेवा गर्ने

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि

बैतडीको अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया

दशरथचन्द– यहाँस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ ।

कोकाकोलाले आइन्दा उखुबाट बनेको चिनी प्रयोग गर्ने ट्रम्पको घोषणा

काठमाडौं– हल्का पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले अबदेखि आफ्नो उत्पादनमा