बागलुङमा उद्योगग्राम स्थापना हुने « Khabarhub

बागलुङमा उद्योगग्राम स्थापना हुने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा- बागलुङ नगरपालिकामा उद्योगग्राम स्थापना हुने भएको छ । नेपाल सरकारले उद्योगग्राम स्थापनाका लागि सिफारिस गरेको सार्वजनिक जग्गा स्वीकृत गरेसँगै उद्योगग्राम स्थापनाको बाटो खुलेको हो ।

नेपाल सरकारले देशभरका सबै स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने नीति बनाएर पालिकाका लागि प्रस्ताव आह्वान गरेको थियो । बागलुङ नगरपालिकाले सम्भावित जग्गाको अध्ययन गरी प्रदेश सरकारलाई जग्गाको विवरण पेश गरेको थियो ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जग्गाको बाटो फुकाएको हो । तीनै तहका सरकारको सहकार्यमा उद्योगग्राम स्थापना गर्ने नीति सरकारले लिएको छ । नगर, प्रदेश र केन्द्रको निर्णयअनुसार बागलुङ–१३ कालाखोला बगरमा औद्योगिक ग्राम स्थापना गर्ने बाटो खुलेको नगर प्रमुख जनकराज पौडेलले बताए ।

प्रस्तावित ठाउँमा औद्योगिक ग्राम बनाउन उपयुक्त भए नभएको बुझ्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वन मन्त्रालयलाई पत्राचार गरेको छ । वातावरणीय अध्ययन गरेर सकारात्मक पाइएमा विस्तृत परियोजना प्रस्तावको काम अघि बढ्ने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।

“तीनै तहका सरकारको सहकार्यमा उद्योगग्राम निर्माण गर्दैछौँ”, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले भने, “जग्गा स्वीकृत भयो अब डिपिआरको काम अघि बढ्छ ।” उद्योगग्राम स्थापना हुने क्षेत्रमा सडक, विद्युत्, फोहोर व्यवस्थापन, खानेपानीलगायतका पूर्वाधारको निर्माण सरकारले गर्ने मन्त्री लम्सालले बताए ।

“चालू वर्षकै कार्यक्रममा बजेट छ केन्द्र र स्थानीय तहले पनि बजेटको व्यवस्था गरेका छन्”, लम्सालले भने, “व्यवसायीको हितका लागि उद्योग ग्राम उपयोगी हुने छ”, न्यूनतम शुल्क लिएर व्यवसाय सञ्चालन गर्न चाहनेका लागि जग्गा उपलब्ध गराइने उनले बताए । उद्योगग्राम सञ्चालन कार्यविधि बनाएर त्यसको परिचालन हुनेछ ।

बागलुङ नगरपालिकाभित्र रहेका उद्योगधन्दा तथा कलकारखानालाई एकीकृतरूपमा औद्योगिक ग्राम निर्माण गरेर स्थापना गर्न नगरले करीब ८५ रोपनी जग्गा तयार पारेको नगरप्रमुख जनकराज पौडेलले बताए । बागलुङ नगरपालिकाभित्र अहिलेसम्म औद्योगिक ग्राम नहुँदा जताततै अव्यस्थितरूपमा उद्योग तथा कलकारखाना सञ्चालन हुँदै आएका छन् ।

बागलुङकै ताराखोला गाउँपालिकाले पनि उद्योगग्राम निर्माणका लागि सार्वजनिक जग्गाको विवरण प्रदेश सरकारलाई पठाएको थियो । ताराखोला गाउँपालिकामा स्थापना हुने उद्योग ग्रामको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन भरको जनाएको छ । सबै स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने भनिएको भए पनि बागलुङका दुई वटा पालिकाले मात्रै जग्गाको विवरण उपलब्ध गराएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : ०३ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल