‘एमाले जनताको भरोसायोग्य पार्टी बन्नेछ’ « Khabarhub

‘एमाले जनताको भरोसायोग्य पार्टी बन्नेछ’


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन् ।

नेकपा (एमाले) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताएका हुन् ।

एउटा निर्वाचनमा पार्टी पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त नहुने उल्लेख गर्दै उहाँले निराश नभई पार्टी सुदृढीकरणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे  ।

‘एउटा निर्वाचनमा एमाले पराजित भयो भन्दैमा एमालेको भविष्य सकिएको छैन । पार्टीलाई अझ सशक्त र बलियो बनाएर लैजान्छौँ’, उनले भने, ‘एमालेलाई जनताको भरोसायोग्य पार्टी बनाउँछौँ । पार्टीसँग रिसाएका जनता र कार्यकर्तालाई फर्काउँछौँ ।’

महासचिव पोखरेलले निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताए । पार्टीप्रति जनताको विश्वास पुनः स्थापित गर्न नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

पार्टीका सचिव खगराज अधिकारीले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताए । पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिँदै उनले गुटगत गतिविधिभन्दा सङ्गठनको हितलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

पार्टीकी केन्द्रीय सदस्य भगवती न्यौपानेले निर्वाचनको परिणामबाट विचलित नभई नेता तथा कार्यकर्तालाई पार्टी सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिन् । निर्वाचनको परिणामबाट निराश नभई पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउन सबैले सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ५ : ५० बजे

‘एमाले जनताको भरोसायोग्य पार्टी बन्नेछ’

दमौली– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति

शाहरुखको ‘किङ’को रनटाइम सार्वजनिक, ‘पठान’ र ‘जवान’भन्दा लामो हुने

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको आगामी फिल्म ‘किङ’ प्रदर्शनअघि नै

महिलाको आर्थिक सहभागिता बढेसँगै मलेसियामा लैङ्गिक असमानता घट्दै

क्वालालम्पुर- महिलाको आर्थिक सहभागिता र रोजगारीका अवसरमा सुधार आएसँगै मलेसियामा

पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने पोखरेल पक्राउ

काठमाडौँ- अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान

प्रधानमन्त्री कार्यालयको पछिल्ला साताको प्रगति विवरण सार्वजनिक

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो समय कार्यालयबाट भएका प्रगति