लोकसेवामा दर्खास्त दिनेको संख्या घट्यो « Khabarhub

लोकसेवामा दर्खास्त दिनेको संख्या घट्यो


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोक सेवा आयोगमा सङ्घतर्फ गत आर्थिक वर्षको तुलनामा आवमा २०७५/७६ मा ७५ प्रतिशत दर्खास्त कम परेको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा गत आवको तुलनामा आव २०७५/७६ मा ७५ प्रतिशत दर्खास्त कम परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए । आयोगमा कूल एक हजार १७४ पदका लागि कूल एक लाख ४३ हजार ८४० दर्खास्त परेका थिए । आव २०७४/७५ मा कूल तीन हजार २३८ पदका लागि पाँच लाख ६७ हजार ८५३ मा दर्खास्त परेका थिए ।

आव २०७४/७५ मा पनि आव २०७३/७४ मा भन्दा ३३ प्रतिशत कम दर्खास्त परेको थियो । आव २०७४/७५ मा वन सेवाका विभिन्न श्रेणीविहीन पदका लागि विज्ञापन नभएका कारणले कूल दर्खास्त सङ्ख्यामा न्यून देखिएको हो ।

उनले कर्मचारी समायोजन प्रक्रियाका कारण सरकारबाट न्यून सङ्ख्यामा मात्र कर्मचारी पदपूर्तिका लागि माग भएकाले दर्खास्तमा कमी आएको बताए । कूल २५७ वटा मात्र विज्ञापन गरिएका थिए । सबैभन्दा बढी खरदार तहमा ६४ हजार ७३३ दर्खास्त परेको छ । खरदारपछि नायब सुब्बा र शाखा अधिकृत रहेका छन् ।

आयोगबाट सञ्चालित परीक्षामा सम्मेलित ६५ जना उम्मेदवारलाई विभिन्न किसिमका कारवाही गरिएको छ । स्थानीय तहमा भएको नौ हजार १६१ पदका लागि भने कूल पाँच लाख २८ हजार ९६८ दर्खास्त परेको आयोगका सहायक प्रवक्ता सुवेदीले जानकारी दिए ।

आयोगले आव २०७५/७६ मा कूल चार हजार ५७४ जना उम्मेदवारलाई स्थायीमा सिफारिस गरेको छ । त्यसमा एक हजार ४४८ अर्थात् ३२ प्रतिशत महिला र तीन हजार १२६ अर्थात् ६८ प्रतिशत पुरुष रहेका छन् ।

यसैगरी आयोगले २८ निकायका लागि तीन हजार ४६ विज्ञापनबाट २४ हजार ४७२ पदपूर्तिका लागि विज्ञापन गर्ने सहमति प्रदान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका विज्ञापनमा कूल तीन लाख ३८ हजार ३९१ दर्खास्त परेका थिए । दर्खास्त परेकामध्ये एक लाख ९८ हजार ६८२ जना परीक्षामा सम्मेलित भएका थिए । तीमध्ये ३७ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष रहेका छन् ।

आयोगले आव २०७५/७६ मा सुरक्षा निकाय र सङ्गठित संस्थामा ६५९ वटा विज्ञापनका लिखित नतिजा प्रकाशन गरिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बढी दर्खास्त प्रदेश नं २

यसैगरी सबभन्दा बढी दर्खास्त दिनेका प्रदेश नं २ का रहेका छन् । उम्मेदवारको स्थायी ठेगानाका आधारमा प्रदेश नं २ बाट कूल दर्खास्तको २९ प्रतिशत पर्ने गरेका छन् । सबैभन्दा बढी दर्खास्त दिनेमा सर्लाही, सप्तरी, धनुषा, बारा, महोत्तरी र सिरहा जिल्ला रहेका छन् ।

यस्तै कम दर्खास्त पर्नेमा मनाङ, मुस्ताङ, रसुवा, नवलपरासी पश्चिम र डोल्पा जिल्ला रहेका छन् । प्रतिवेदनमा सबभन्दा बढी दर्खास्त उमेर समूह २१–२५ वर्ष रहेको छ । ती उमेर समूहका ३५ प्रतिशत रहेका छन् । दर्खास्त दिने औषत उमेर २६ वर्ष रहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : ४५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक