नेपाल र इयूबीच व्यापारिक सम्बन्ध विस्तारमा जोड | Khabarhub Khabarhub

नेपाल र इयूबीच व्यापारिक सम्बन्ध विस्तारमा जोड


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग लागि नेपाली राजदूत लोकबहादुर थापाबीच आज चेम्बर सचिवालयमा भेटवार्ता भएको छ ।

कार्यक्रममा राजदूत थापाले आफूले ती मुलुक र नेपाल बीच आर्थिक सम्बन्ध मजबुत बनाउन काम गर्दै आएकोले चेम्बरको सुझावलाई आत्मसाथ गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसँग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटवार्तामा युरोपियन युनियनका लागि समेत राजदूत थापाले युरोपियन युनियनले प्रदान गरेको एभ्रिथिङ्ग वट आर्म (ईबीए) अन्तर्गत नेपाल जस्तो अल्पविकसित मुलकबाट विना भन्सार निर्यात गर्ने अवसरको फाइदा नेपालले लिनुपर्ने बताए । त्यसका लागि आफ्नोतर्फ बाट हुने भूमिका पूर्णरुपमा रहने बताए ।

लगानी सुरक्षित गर्न ईयूका सदस्य राष्ट्रहरुसँग विप्पा र दोहोरो कर उन्मुक्ति सम्झौता क्रमश गर्दै जानुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, उत्पादनमूलक उद्योग लगायतका क्षेत्रमा बेल्जियम, नेदरल्याण्ड तथा लक्जेम्बर्गबाट लगानी एवं प्रविधि भित्रयाउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष श्रेष्ठले विशेष गरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रबद्र्धन गर्न आर्थिक कुटनीति सक्रिय हुनुपर्ने बताए । सो भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक/व्यापारिक प्रतिनिधीमण्डलको आदान प्रदान, पर्यटन मेला, एफ डी आई आकर्षण, ईयुका लगानीकर्तासँग नेपालका लगानीकर्ता बीच भेट, लगानी सम्भावना सम्बन्धी सूचना आदान प्रदान, नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न युरोपियन युनियनका सम्भाव्य आयातकर्तासँग अन्तरक्रिया गराउन पहल गर्ने बताए ।

उनले नेपालको चिया तथा कफि निर्यातको लागि त्यहाँका आयातकर्तासँग सम्बन्ध बढाउने, पर्यटन प्रबद्र्धनमा राजदूत थापाको भूमिका महत्वपूर्ण रहने बताए । खासखास नेपाली मौलिक पहिचान दिने उत्पादनहरुको प्रवर्द्धन गरी निर्यात बढाउन सके नेपालले नेदरल्याण्ड र बेल्जियमबाट निकै धेरै लाभ उठाउन सक्ने उनले बताए ।

चेम्बरमा प्राप्त पछिल्लो तथ्यांक अनुसार सन् २०१८ मा नेदरल्याण्डसँग १,५८,५५,८२६ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा नेदरल्याण्डबाट गत वर्ष सन् २०१८ मा १,९७,४४,२२८ अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट नेदरल्याण्डमा गत वर्ष सन् २०१८ मा ३९,१८,४०२ अमेरिकी डलर बराबर निर्यात भएको छ ।

सन् २०१८ मा बेल्जियमसँग १,८०,७५,५०८ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ भने नेपालमा बेल्यिमबाट गत वर्ष सन् २०१८ मा २,०७,१५,८५५ अमेरिकी डलर बराबर आयात भएको छ । नेपालबाट बेल्जियमा सन् २०१८ मा २६,४०,३४७ अमेरिकी डलर बराबर निर्यात भएको छ ।

सन् २०१८मा लक्जम्बर्गसँग ४,४६,०७३ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । भने नेपालमा लक्जम्बर्गबाट गत वर्ष सन् २०१८मा ४६,३२३ अमेरिकी डलर बराबर आयात भएको छ । भने नेपालबाट लक्जम्बर्गमा सन् २०१८ मा १७,१५८ अमेरिकी डलर बराबर निर्यात भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ८ : ०० बजे

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट

लन्डनमा कुलमानले भने- नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ, त्यसकालागि सही नीति र नेतृत्व हुनुपर्‍यो

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ

सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

झापा– झापाको कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा

राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले शपथ लिँदै

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरी