कास्की–२ मा विवेकशीलबाट जमुना शर्मा उम्मेदवार « Khabarhub

कास्की–२ मा विवेकशीलबाट जमुना शर्मा उम्मेदवार


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- विवेकशील नेपाली दलले कास्की क्षेत्र नम्बर–२ मा जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी विवेकशीलले शर्मालाई आउँदो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी गराएको हो ।

पोखरा महानगरपालिका–६, लेकसाइड घर भएकी शर्मा महिला अधिकारको क्षेत्रमा क्रियाशील छिन् । विवेकशीलले प्रदेशसभा सदस्यका लागि बाग्लुङ क्षेत्र नम्बर–२ ‘ख’मा सन्तोष भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

आउँदो मंसिर १४ गते रिक्त रहेका एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्यसहित ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ८ : १० बजे

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री