उपनिर्वाचनमा समाजवादीसँग राजपाको तालमेल | Khabarhub Khabarhub

उपनिर्वाचनमा समाजवादीसँग राजपाको तालमेल


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालले समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।

मंगलबार बबरमहलस्थित राजपा नेपालको केन्द्रीय कार्यालयमा संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको अध्यक्षमण्डलको बैठकले सो निर्णय गरेको हो ।

उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नुपूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी पहल गर्ने निर्णय अध्यक्षमण्डलको बैठकले गरेको हो । यसअघि पनि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा राजपा नेपाल र तत्कालीन संघीय समाजवादी फोरम नेपालले प्रदेश २ मा चुनावी तालमेल गरेको थियो ।

सोही बैठकमा राजपा नेपालको तदर्थ समिति गठन निर्देशिका २०७६ को दफा ६ (ग) मा संशोधन गरी वाक्यको अन्त्यमा ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तदर्थ समिति बढीमा ७१ सदस्यीय हुनेछ’ भनी थप्ने निर्णयसमेत गरेको संयोजक ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ८ : ४२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०