आईएस पूर्व प्रमुख बग्दादीकी दिदी टर्कीमा पक्राउ | Khabarhub Khabarhub

आईएस पूर्व प्रमुख बग्दादीकी दिदी टर्कीमा पक्राउ


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टर्की- इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल-बग्दादीकी दिदी पक्राउ परेकी छिन् ।

अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा मारिएका अल-बग्दादीकी दिदीलाई टर्कीमा पक्राउ गरिएको जनाइएकाे छ ।

उत्तरी सिरियाको अजाज नगर नजिकैबाट अल-बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमवार पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका छन्।

उक्त नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ। अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ।

टर्कीका एक अधिकारीले अवादलाई ‘सूचनाको खानी’ भन्दै उनले थुप्रै सूचना दिन सक्ने बताएका छन्। पश्चिमा विज्ञहरूले टर्कीको दाबीबारे सन्देह व्यक्त गरेका छन्। तर अवादसँग अल-बग्दादीको जीवन र आईएसको संरचनाबारे आन्तरिक जानकारी हुन सक्ने उनीहरूको भनाइ छ।

टर्कीका सञ्चार निर्देशक फहरेतिन आल्तुनले अल-बग्दादीकी दिदीलाई पक्राउ गरिएको ट्वीटमार्फत्‌ पुष्टि गरेका छन्।

उनले लेखेका छन्, “दर्शन र तिनीहरूको उत्पत्तिको वास्ता नगरी आतङ्कवादविरुद्ध टर्कीको लडाइँ अक्षुण्ण रहनेछ।”

“अल-बग्दादीकी दिदीको गिरफ्तारी हाम्रो प्रतिआङ्कवादको कारबाहीमा अर्को एउटा सफलताको उदाहरण हो।”

टर्कीका एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार अल-बग्दादीकी दिदीको गिरफ्तारीले ‘आईएसका आन्तरिक गतिविधि’बारे थाहा पाउन सघाउन सक्छ।

अल-बग्दादीकी दिदीबारे त्यति धेरै जानकारी छैन र पक्राउ गरिएकी महिलाबारे बीबीसीले अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार अल-बग्दादीका पाँच दाजुभाइ र धेरै दिदीबहिनी भए पनि उनीहरू सबै जीवित रहे वा नरहेको स्पष्ट छैन। बीबीसीबाट

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : १८ बजे

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट

वरुण धवनले भने- अहंकारी कलाकारसँग काम नगरे पनि हुन्छ

काठमाडौं– बहुप्रतिक्षित फिल्म सन्नी संस्कारीकी तुलसी कुमारीको ट्रेलर सोमबार सार्वजनिक