मुलुक समाजवादमा प्रवेशः गृहमन्त्री थापा | Khabarhub Khabarhub

मुलुक समाजवादमा प्रवेशः गृहमन्त्री थापा


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- गृहमन्त्री रामबहादुर थापाले देश समाजवादमा प्रवेश गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहेका थापाले आज नेकपा रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राजनीतिक अधिकारका लागि लामो सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भएकाले राजनीतिक कार्यदिशा पूरा भएको बताए ।

गृहमन्त्री थापाले राजनीतिक परिवर्तनपछि समाजवाद स्थापनाका लागि मुलुकको समृद्धि मुख्य मुद्दा बनेको बताए । उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउन सरकार विकासका पूर्वाधार निर्माणमा लागिपरेको बताए ।

यसअघि गृहमन्त्री थापाले बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश नं ५ भारतीय सीमासम्म जोडिएकाले सुरक्षा संवेदनशीलतामा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

यस्तै प्रदेशका केही जिल्लामा सामाजिक सद्भाव बिथोल्ने प्रयत्न भइरहेकाले त्यसप्रति प्रशासनिक तथा सुरक्षा निकायले ध्यान पु¥याउनुपर्नेमा उनले जोड दिए ।  विभिन्न आन्दोलनका नाममा भइरहेका विभिन्न खाले गतिविधिमा समेत गम्भीरतापूर्वक ध्यान पु¥याउन उनले निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : ४२ बजे

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस