बुरुण्डीस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द « Khabarhub

बुरुण्डीस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– २३ वर्षपछि अफ्रिकी मुलुक बुरुण्डीले आफ्नो मुलुकमा रहेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयुक्त मिसेल बेस्लेटका अनुसार बुरुण्डी सरकारले राजधानी बुजुम्बुरामा रहेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालब बन्द गर्ने भएको हो ।

बुरुण्डी सरकारले मुलुकले मानवअधिकारका विषयमा पछिल्लो समय ठूलो उपलब्धि हासिल गरिसकेकाले बुरुण्डीमा संयुक्त राष्ट्रसंघीय कार्यालय आवश्यक नरहेको भन्दै मानवअधिकार कार्यालब बन्द गर्ने जनाएको हो । मानवअधिकार आयुक्त बास्लेटले विज्ञप्ति जारी गर्दै २३ वर्षपछि बुरुण्डीमा रहेको मानवअधिकार कार्यालय बन्द गर्नु परेकोमा दुःख व्यक्त गरेकी छिन् ।

पछिल्लो समय सन् २०१५ मा राष्ट्रपति पिएर न्कुरुन्जिजाले तेश्रो कार्यकालका लागि राष्ट्रपति चुनिनेबेला भएको हिंसापछि बुरुण्डीमा मानवअधिकारको अवस्था दयनीय रहेको बताइन्छ ।

सन् २०१६ राष्ट्रपतीय चुनाव जितेर तेश्रो कार्यकाल शुरु गरेका न्कुरुन्जिजा संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संघ संगठनप्रति निकै
सन् २०१६ मा संयुक्त राष्ट्रसंघले बुरुण्डी सरकार मानवताविरुद्धको अपराधमा संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेपछि बुरुण्डीले संयुक्त राष्ट्रसंघसँग आफ्नो सबै साझेदारी बन्द गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ०० बजे

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच