बुरुण्डीस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द « Khabarhub

बुरुण्डीस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– २३ वर्षपछि अफ्रिकी मुलुक बुरुण्डीले आफ्नो मुलुकमा रहेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयुक्त मिसेल बेस्लेटका अनुसार बुरुण्डी सरकारले राजधानी बुजुम्बुरामा रहेको संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालब बन्द गर्ने भएको हो ।

बुरुण्डी सरकारले मुलुकले मानवअधिकारका विषयमा पछिल्लो समय ठूलो उपलब्धि हासिल गरिसकेकाले बुरुण्डीमा संयुक्त राष्ट्रसंघीय कार्यालय आवश्यक नरहेको भन्दै मानवअधिकार कार्यालब बन्द गर्ने जनाएको हो । मानवअधिकार आयुक्त बास्लेटले विज्ञप्ति जारी गर्दै २३ वर्षपछि बुरुण्डीमा रहेको मानवअधिकार कार्यालय बन्द गर्नु परेकोमा दुःख व्यक्त गरेकी छिन् ।

पछिल्लो समय सन् २०१५ मा राष्ट्रपति पिएर न्कुरुन्जिजाले तेश्रो कार्यकालका लागि राष्ट्रपति चुनिनेबेला भएको हिंसापछि बुरुण्डीमा मानवअधिकारको अवस्था दयनीय रहेको बताइन्छ ।

सन् २०१६ राष्ट्रपतीय चुनाव जितेर तेश्रो कार्यकाल शुरु गरेका न्कुरुन्जिजा संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संघ संगठनप्रति निकै
सन् २०१६ मा संयुक्त राष्ट्रसंघले बुरुण्डी सरकार मानवताविरुद्धको अपराधमा संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेपछि बुरुण्डीले संयुक्त राष्ट्रसंघसँग आफ्नो सबै साझेदारी बन्द गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ०० बजे

रुसको रोजाइमा हवाई आक्रमण

युक्रेनको राजधानी किभमा पछिल्लो साता लगातार मिसाइल र ड्रोन आक्रमण

गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम आज सार्वजनिक गरिने

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आव २०८०-८१ को नीति

खाणको पक्षमा दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्व अध्यक्षले बहस गर्ने

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री

दुई देशको सम्बन्ध अगाडि बढाउने पहल भारतले गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा महत्त्वपूर्ण ७ बुँदामा

बैतडीका स्थानीय तह नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै

बैतडी– बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति,