प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच स्पेनमा भेटवार्ता भएको छ।

दुवै नेताबीचको भेटवार्ता सोमबार स्पेनको सेभिया शहरमा सम्पन्न भएको हो। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघअन्तर्गत हुने विकासका लागि वित्त विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सरकारी प्रतिनिधिमण्डलसहित स्पेन पुगेका छन्।

दश वर्षमा एकपटक आयोजना हुने यो सम्मेलनमा विश्वका विभिन्न मुलुकका राष्ट्र वा सरकार प्रमुखहरू सहभागी छन्। महासचिव गुटरेससँगको भेटमा द्विपक्षीय चासोका विषयहरू, दिगो विकास, अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधार, र विकासशील मुलुकका मुद्दाहरूमा छलफल भएको बताइएको छ।

संयुक्त राष्ट्रसंघको महासभाजस्तै गरी यस सम्मेलनलाई पनि उच्चस्तरीय बैठकका रूपमा लिइन्छ, जसमा सदस्य राष्ट्रका नेताहरूले आफ्नो धारणा प्रस्तुत गर्ने अवसर पाउँछन्।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १० : ३५ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ