‘रोज’ फ्लपपछि प्रदीपको दिमागको ‘बत्ती’ बलेको हो ? « Khabarhub

‘रोज’ फ्लपपछि प्रदीपको दिमागको ‘बत्ती’ बलेको हो ?


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘रोज’ गत भदौमा रिलिज भयो । फिल्म बन्ने घोषणापछि नै विवादमा फसेको ‘रोज’ को हाइप त राम्रै बनेको थियो । तर, फिल्म निर्माण भएर हलमा रिलिज भएपछि भने प्रदीपको विरोध भयो । किनकि, फिल्मको कथा नै दर्शकलाई पचेन ।

दर्शकको इग्नोरपछि भने प्रदीपले चेतेका छन् । उनले बुझेको हुनुपर्छ, फिल्म चल्न स्टारडम मात्र भएर हुँदैन । फिल्म नै राम्रो बन्नुपर्छ । टिमवर्क राम्रो हुनुपर्छ ।

त्यसो त प्रदीपले पहिलेदेखि नै छानेर फिल्म खेल्दै नआएका होइनन् । तर, उनी ‘रोज’ मा भने नराम्रोसँग चिप्लिए ।

मंगलबार काठमाडौंमा फिल्म ‘लभ स्टेशन’ को ट्रेलर सार्वजनिक कार्यक्रम थियो । उक्त कार्यक्रममा अभिनेता प्रदीप खड्का पनि आएका थिए । कार्यक्रममा बोल्दै उनले घुमाउरो पारामा फिल्म ‘रोज’ मा आफू चिप्लिएको स्वीकारे ।

त्यसैका कारण उनले फिल्म ‘लभ स्टेशन’ मा थप मेहनत गरेको पनि बताए ।

त्यसो त ‘लभ स्टेशन’ पनि चल्छ नै भन्ने पक्का छैन । तर, प्रदीपको कुरालाई आधार मान्ने हो भने यो फिल्म केही हदसम्म हेर्नलायक बनेको अनुमान गर्न सकिन्छ ।

प्रदीप खड्काले पहिलेका केही फिल्ममा चिप्लिएपछि यसपटक ‘राम्रो निर्देशक’ खोजेको बताए । ट्रेलरले रिलिजपछि त राम्रै प्रतिक्रिया पाएको छ । तर, प्रदीपले अब के राम्रा मेकरसँग मात्र काम गर्लान् त भन्ने अनुमान पनि गरिएको छ ।

कतिपयले भने ‘रोज’ मा चिप्लिएपछि प्रदीपको घैँटोमा राम्रैसँग घाम लागेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १० : ४१ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको