दोहोरी भाकामा झुम्यो बुटवल: स‌ंगीतमार्फत चेतना छर्दै, संस्कृति जोगाउँदै « Khabarhub

दोहोरी भाकामा झुम्यो बुटवल: स‌ंगीतमार्फत चेतना छर्दै, संस्कृति जोगाउँदै


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – “मौका मिल्दा गीत गाउन झरौँ है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवम् सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी बिमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो ।

बिमलाको टुक्का सकिएलगत्तै प्रितीले “नलागोस् है दोहोरीलाई खत, सङ्गीत मेरो हो नि त रगत” भनेर जवाफ दिइन् ।

पुरानो लोकभाका “फूलमा भमरा, सानु हितैको मायालाई भुल्ने नगर” भन्ने भाकामा दोहोरी गीत शुरु गरेका उनीहरुले लोकसंस्कृतिको संरक्षणमा लागौँ भन्ने चेतना दिए ।

दोहोरी प्रतियोगिताकै लागि जाजरकोटबाट बुटवल आएका गायक गोविन्द न्यौपाने र स्याङ्जाका राजु केसी साथी बनेर दोहोरी गाए । “तिमी गाउनी म पनि गाउनी, भन हाम्ले रोजगारी के पाउनी” दोहोरीमा बेरोजगारीको प्रसङ्ग जोडेर उनीहरुले पनि चेतनामूलक गीत गाए ।

दोहोरी प्रतियोगिताका लागि पाल्पाबाट आएका गायक राजकुमार न्यौपाने र दाङका विजय भट्टराईले पनि पुरानो लोकदोहोरी भाका लिएर प्रस्पिर्धामा उत्रिए । “दोहोरी गाउन सारै मन पराउँछु, कृषक हुँ म गाईबाख्रा चराउँछु” भनी राजकुमारले दोहोरी गाउँदै गर्दा दर्शकले गाउँघरका वनपाखामा गाउने दोहोरीको सम्झना गरे ।

उनीहरुले “छिनको छिनैमा, भेटभो माया के भनी बोलाऊँ म पहिलो दिनैमा” भन्ने पुरानो भाका गाएर दर्शकलाई मनोरञ्जन दिलाए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बुटवलमा आयोजना गरेको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवमा पहिलोपटक पुरुष/पुरुष र महिला/महिलाबीचमा पनि दोहोरी गाउन मिल्ने व्यवस्था मिलाइएको छ ।

यही मौकामा कलाकारले माया पिरतीभन्दा पनि फरक प्रसङ्गमा गीत गाएर दर्शकलाई नचाए । सम्धी–सम्धी, साथी–साथीमात्रै होइन ज्वाइँ र जेठानको भूमिकामा पनि कलाकारले दोहोरी गाएर दर्शकलाई नयाँ स्वाद दिलाए ।

महोत्सवमा दर्शकलाई दोहोरी गीतको फरक स्वाद चखाउन पहिलोपटक पुरुष/महिला, पुरुष/पुरुष र महिला/महिलाबीचमा पनि दोहोरी गाउन मिल्ने व्यवस्था गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पङ्गेनीले बताए ।

देशभरका कलाकारको जमघट रहेको महोत्सवमा लोक तथा दोहोरी गायक पशुपति शर्मा, शिव हमाल, पूर्णकला बिसीलगायतका कलाकारले दर्शकलाई नचाएका थिए । बुटवलको बुटवलमण्डपमा आयोजित महोत्सवमा आठ समूहले दोहोरी प्रतियोगितामा भाग लिएको दोहोरी गीत प्रतियोगिता उपसमितिका सदस्य दामोदर बस्यालले जानकारी दिए ।

महोत्सव २५ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १० : ५९ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय