रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो « Khabarhub

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो समय देशमा भइरहेका घटनाक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै सत्ता कब्जाको सङ्केत देखिएको टिप्पणी गरेका छन् ।

शुक्रबार समाचार कक्षबाट पक्राउ परेका पत्रकारहरू रिहा भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मिश्रले यस्तो बताएका हुन् ।

उनले पछिल्ला घटनाक्रमले लोकतन्त्र, कानुनी शासन र नागरिक अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन् । पत्रकार पक्राउ परेको घटनालाई मात्र नभई पछिल्लो समय भएका विभिन्न गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ ।

मिश्रले समाचार कक्षबाट बिना पक्राउ पुर्जी पत्रकार पक्राउ गरिएको, मध्यरातमा पूर्वप्रधानन्यायाधीश पक्राउ गरिएको तथा व्यापारीको घरमा खानतलासी गरिएको लगायतका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

त्यस्तै, दिनदहाडै व्यापारी पक्राउ गरिएको, विभिन्न सञ्चारगृह र राजनीतिक नेताका घरअगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएको तथा अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमै तर्साइएको उनको आरोप छ ।

उनले कतिपय सत्ताधारी नेताहरूले सार्वजनिक रूपमा दिने अभिव्यक्तिले पनि उनीहरूको मनसाय स्पष्ट हुने दाबी गरेका छन्।

‘पछिल्ला समयमा जे भइरहेका छन्, ती सत्ता कब्जाका सङ्केत हुन्। सत्ता कब्जा हुनु भनेको आज ताली पिट्नेहरू पनि रुने दिन आउनु हो,’ मिश्रले लेखेका छन्।

उनले पक्राउ परेका पत्रकारहरू रिहा हुनु स्वाभाविक भए पनि त्यसबाहेकका घटनाक्रमले गम्भीर चिन्ता पैदा गरेको बताएका छन्।

मिश्रले सबैलाई सचेत रहन आग्रह गर्दै आफ्नो स्ट्याटसको अन्त्यमा ‘सबैलाई चेतना भया १’ लेखेका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  १० : ०८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस