चाबहिल र पुरातत्व विभाग अगाडि तत्काल आकाशे पुल नबन्ने | Khabarhub Khabarhub

चाबहिल र पुरातत्व विभाग अगाडि तत्काल आकाशे पुल नबन्ने


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ । कामपाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म शुरु हुनसकेको छैन ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले निर्माणका लागि प्राविधिक छलफल भइरहेकाले शुरु गर्न अझै केही समय लाग्ने बताए ।  केही समयअघि मात्रै कामपाले तत्काल दुई स्थान चाबहिल र पुरातत्व विभाग अगाडि पुल निर्माणको काम गर्ने भने पनि हाल ती स्थानमा पनि निर्माण नहुने भएको छ ।

आठ स्थानमा पुल निर्माणका लागि टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पनि नयाँ पुल निर्माण गर्ने कामपाको योजना रहेको छ । सवारीसाधनको अत्यधिक चाप हुने तीे क्षेत्रमा त्यस्ता पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या हुँदै आएको छ ।

पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको जनाएको थियो ।

कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क, बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन् । सञ्चालनमा रहेका केही पुललाई पुनःनिर्माण गर्नुपर्ने अवस्थामा रहेको छ । वीर अस्पताल अगाडिको पुल अत्यन्त जीर्ण भएकाले तत्काल मर्मतको आवश्यकता रहेको छ । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने देखिन्छ ।

कामपाले चालू आव २०७५/७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । नयाँ ती पुल बनाउन रु १२ करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ११ : २२ बजे

एमालेलाई बलियो बनाउन ‘जरा केन्द्रित’ अभियान : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

कोहलीको शतकमा भारत विजयी, पाकिस्तानको लगातार दोस्रो हार

काठमाडौं – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भएको बहुप्रतिक्षित खेलमा

पाटेबाघको उद्धार

बाँके – बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

काठमाडौं – गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई

भारत इजरायलको महत्वपूर्ण व्यापारिक साझेदार : इजरायली अर्थमन्त्री बारकात

काठमाडौं – इजरायलका उद्योग तथा अर्थमन्त्री निर बारकातले भारत आफ्नो