टीकापुर घटनाको ३ वर्ष– सम्भवतः बुधवार फैसला आउने « Khabarhub

टीकापुर घटनाको ३ वर्ष– सम्भवतः बुधवार फैसला आउने


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)सहित ८ जना सुरक्षाकर्मी र ढेड वर्षका बालकको हत्या भएको टीकापुर घटनामा अदालतले सम्भवतः बुधवार फैसला सुनाउने भएको छ ।

जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको इजलाशले टीकापुर हत्या काण्डको मुद्दामा बुधवार फैसला सुनाउने संभावना रहेको कैलाली जिल्ला अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए । श्रेष्तेदार कठायतका अनुसार टीकापुर घटनासम्बन्धी मुद्दामाथिको बहस मंगलबार सकिएको थियो ।

मंगलबार समय अभावका कारण फैसला हुन नसकेकाले बुधवार फैसला आउने कठायतले जानकारी दिए ।

टीकापुर घटनासम्बन्धी मुद्दामाथि गत बुधबारदेखि बहस शुरु भएको थियो । बहसमा बादी (नेपाल सरकार) तर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानून व्यवसायीहरुले बहस गरेका थिए । मंगलबार बादी तर्फबाट जिल्ला न्यायाधीवक्ता विष्णुप्रसाद पौडेल तथा प्रतिवादीका तर्फबाट ६ जना कानून व्यवसायीहरुले बहस गरेका श्रेष्तेदार कठायतले जानकारी दिए ।

मंगलवार कानून व्यवसायीहरु गंगाराम पाध्याय, वीरबहादुर जेठारा, गम्भीरसिंह ऐर, गजेन्द्रबहादुर केसी, नाथुराम महतो र प्रयागराज भट्टले बहस गरेका थिए ।

टीकापुर घटनामा अहिलेसम्म वादी (नेपाल सरकार)का तर्फबाट जिल्ला न्यायाधीवक्ता पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका छन् । प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, अधिवक्ता हरि फुयाल, मिलन राई, दिलमणि पोखरेल, इन्द्रपसाद लेखक, दयाराम चौधरीले पनि बहस गरेका थिए ।

७ भदौ २०७२ मा टीकापुरमा घटना भएपछि ५ असोज २०७२ मा जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता भएको थियो । मुद्दामा आठौं पेशीपछि बहस शुरु भएको थियो । बुधवार १२ औं पेसीमा मुद्दाको फैसला आउन लागेको हो ।

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम पक्षधरबीच लामो समयदेखि जारी द्वन्द्वका बीच ७ भदौ २०७२ मा थरुहट/थारुवान पक्षधरले आयोजना गरेको आन्दोलनमा उक्त घटना भएको थियो । घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक बालकसहित ९ जनाको ज्यान गएको थियो ।

उक्त घटनामा संलग्न रहेको भन्दै ५८ जनाविरुद्ध कैलाली जिल्ला अदालतमा कर्तव्य जान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर भएको थियो ।

टीकापुर हत्याकाण्डका अभियुक्त रहेका राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशम चौधरी गत वर्ष सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । कैलाली जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाएका चौधरी अहिले काठमाडौंको डिल्लीबजार कारागारमा थुनामा छन् । थुनामा रहेकै बेला चौधरीले केही समय अगाडि प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेका थिए ।

टीकपाुर घटनाका अन्य २४ जना अभियुक्त कैलाली कारागारमा थुनामा छन् । अभियुक्त बनाइएका अन्य केही फरार छन् भने नाबालकलाई पोखरास्थित बाल सुधार गृहमा राखिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : २० बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी